शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

आज पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीको मूल्य वृद्धि भएको जनाएको छ । महासंघले आज तय गरेको मूल्यसूचीमा हिजो बुधबारको तुलनामा सुन र चाँदीकै मूल्य बढेको जनाएको हो ।

आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । यससँगै, छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार १५० रुपैयाँमा किनबेच भएको थियो । हिजो सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको थियो । यस्तै, आज नेपाली बजारमा चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार यससँगै आज चाँदी प्रतितोला १४ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय ६५ रुपैयाँ कायम भएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend