logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • महोत्तरीका मिटरब्याजी इन्द्रजित साह पक्राउ

    महोत्तरीका मिटरब्याजी इन्द्रजित साह पक्राउ

    1.8K
    Shares
    महोत्तरीका मिटरब्याजी इन्द्रजित साह पक्राउ

    महोत्तरी । महोत्तरीमा एक मिटरब्याजीलाई प्रहरीले हिरासतमा लिएको छ। प्रहरीले महोत्तरीको भंगाहा नगरपालिका–६ का इन्द्रजित साहलाई नियन्त्रणमा लिएको हो ।

    महोत्तरीका डिएसपी दीलिपकुमार गिरीले उनलाई बुधबार अपराह्न जिल्ला प्रशासन कार्यालय महोत्तरी परिसरबाट नियन्त्रणमा लिइएको जानकारी दिए।

    बुधबार मिटरब्याजबारे छलफल गर्न साहलाई जिल्ला प्रशासन कार्यालयमा बोलाइएको थियो। सहायक सिडिओ, पीडित र प्रहरीसँगै सरोकारवाला निकायका व्यक्तिहरूसहितको छलफलमा विवाद भएपछि साहलाई पक्राउ गरेको हो ।

    ‘मिटरब्याज लगाएर हडपेको जग्गाजमीन फिर्ता गर्नेबारे छलफल भएको थियो । त्यसक्रममा उनले फिर्ता नगर्ने भनेर विवाद गर्न खोजेपछि हामीले नियन्त्रणमा लिएका हौं,’ डिएसपी गिरीले भने।

    अपराह्न साढे चार बजे नियन्त्रणमा लिएर उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

    जिल्ला प्रशासन कार्यालयमा आज पनि छलफल राखिएकाले उनलाई छलफलमा उपस्थित गराउन लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend