logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • सुन तस्करी प्रकरणलाई लिएर राष्ट्रिय सभा बैठक पनि चल्न नदिने एमालेको तयारी

    सुन तस्करी प्रकरणलाई लिएर राष्ट्रिय सभा बैठक पनि चल्न नदिने एमालेको तयारी

    2.1K
    Shares
    सुन तस्करी प्रकरणलाई लिएर राष्ट्रिय सभा बैठक पनि चल्न नदिने  एमालेको तयारी

    काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज (बिहिबार) बस्ने राष्ट्रिय सभाको बैठक पनि चल्न नदिने जनाएको छ ।

    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरिय छानविन समिति गठनको माग गर्दै एमालेले अवरोध गर्न लागेको हो ।

    एमालेले बुधवार बसेको प्रतिनिधिसभाको बैठक समेत अवरुद्ध पारेको थियो ।

    आज ११ बजे बस्ने राष्ट्रिय सभा बैठकमा अवरोध गर्ने योजना रहेको राष्ट्रिय सभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले जानकारी दिएका छन् । गृहमन्त्रीले घटनाको जिम्मेवारी लिनुपर्ने उनको भनाई छ ।

    बैठकलाई बिना अवरोध सञ्चालनका लागी राष्ट्रिय सभाको कार्य व्यवस्था परामर्श समितिको बैठक समेत बसेको छ ।

    प्रतिनिधिसभाबाट पारित भएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० का सम्बन्धमा टेबुल गर्ने आजको राष्ट्रियसभाको कार्यसूची तय गरिएको छ ।

    घरायसी अनुचित आर्थिक कारोबार, मिटर ब्याज पद्धति विरुद्धको सो विधेयकलाई टेबुल गरेर प्रक्रिया अघि बढ्न दिएपछि अवरोध गर्ने तयारी एमाले स्रोतले गरेको बुझिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend