logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • हिंसा पीडितलाई मनोसामाजिक परामर्श सहित निःशुल्क उपचार

    हिंसा पीडितलाई मनोसामाजिक परामर्श सहित निःशुल्क उपचार

    1.8K
    Shares
    हिंसा पीडितलाई मनोसामाजिक परामर्श सहित निःशुल्क उपचार

    गोरखा । गोरखा जिल्लाभित्र विभिन्न प्रकारका हिंसामा परेका महिलाको उद्धार गरी मनोसामाजिक परामर्ससहित निःशुल्क उपचार सेवा प्रदान गरिएको छ ।

    गोरखा अस्पतालमा आइपुगेका हिंसा पीडितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमार्फत अस्पतालले आवश्यक निःशुल्क उपचार तथा परामर्श सेवा प्रदान गर्दै आएको छ ।

    अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. हरिकुमार श्रेष्ठले हिंसापीडित व्यक्तिलाई मनोसामाजिक परामर्शसहित स्वास्थ्य सेवा प्रदान भइरहेको बताए ।

    उनले भने, ‘गत एकवर्षमा अस्पतालले ३६ हिंसापीडित महिलालाई एकद्वार गरी उपचार सेवा प्रदान गरिएको छ ।’

    केन्द्रमार्फत पीडितहरुको वास्तविक समस्या बुझेर पीडितको जीवनको सुरक्षा प्रत्याभूत गराएर मात्र घर फर्काउने गरिएको उनले बताए ।

    ‘स्वास्थ्य अवस्था ठिक भएका हिंसापीडितलाई उपचारपछि घर पठाउने गरिएको छ,’ मेडिकल सुपरिटेण्डेन्ट श्रेष्ठले भने, ‘चाहे घरेलु हिंसा होस् चाहे लैङ्गिक वा यौन हिंसा होस् परेका हुन् सबै हिंसापीडितलाई आवश्यक उपचार र परामर्स सेवा प्रदान गरिँदै आएको छ ।’

    उपचारपछि पनि स्वास्थ्य अवस्था ठिक नभएका हिसांपीडितहरुलाई स्वास्थ्य अवस्था ठीक नभएसम्मका लागि सामाजिक विकास कार्यालय गोरखाको सहयोगमा खाने वस्ने सुविधासहित ‘सेफ हाउस’मा राख्ने गरिएकोसमेत उनले जानकारी दिए। ‘गोरखा अस्पताल र जिल्ला प्रहरी कार्यालय गोरखाको सिफारिसमा हिसांपीडित व्यक्तिलाई खाना बस्नको लागि सामाजिक विकास कार्यालय गोरखाले जिम्मा लिने गरेको छ ।

    अहिलेसम्मको तथ्याङक अनुसार हिसांपीडित मध्येपनि धेरै यौन हिंसामा परेका पीडितले अस्पतालबाट मनोसामाजिक परामर्श सेवा लिएको पाइएको अस्पतालले जनाएको छ ।

    ‘समाजका अगाडि पीडितहरुले सबै कुरा खोल्न गाह्रो मानिरहेका हुन्छन्,’ मेडिकल सुपरिटेण्डेन्ट श्रेष्ठले भने, ‘वास्तविक समस्या बुझेर उनीहरुका पीडा कम गर्ने र जीवनजिउने आत्माविश्वास बढाउँदै अस्पतालले उपचारको जिम्मा लिएर निःशुल्क उपचारसँगै परामर्शको जिम्मा लिने गरेको छ ।’

    हिंसामा परेका पीडितले निःशुल्क उपचार र मनोसामाजिक परामर्शले बाँच्ने हिम्मत बढाएको बताएछन् । अस्पतालमा पुगेर उपचार गराएपछि आत्माविश्वास बढेको उनीहरुको भनाइ छ ।
    –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend