logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अवैध सुन अनुसन्धान

    तस्करीको करिब एक क्विन्टल सुन गालेको प्रत्यक्ष प्रसारण गरिने

    तस्करीको करिब एक क्विन्टल सुन गालेको प्रत्यक्ष प्रसारण गरिने

    3.9K
    Shares
    तस्करीको करिब एक क्विन्टल सुन गालेको प्रत्यक्ष प्रसारण गरिने

    काठमाडौं । विमानस्थलबाट अवैध रुपमा भित्र्याइएपछि समातिएको १०० किलो सुन गालेको प्रत्यक्ष प्रसारण गरिने भएको छ ।

    राजस्व अनुसन्धान विभाग स्रोतका अनुसार स्कुटरको ‘ब्रेक शु’मा लुकाई छिपाई सुन ‘ब्रेक शु’ बाट छुट्याएर यकिन गर्दाको प्रक्रिया सर्वसाधारणलाई प्रत्यक्ष प्रसारण मार्फत जानकारी दिन लागिएको हो ।

    अहिलेसम्मकै ठूलो सुन तस्करी धन्दा कसरी भयो र सुन लुकाउनका लागि के–केसम्म भयो भन्ने जानकारी दिने हिसाबले प्रत्यक्ष प्रसारण गर्न लागिएको विभागको दाबी छ ।

    टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्दाको प्रक्रिया र सुरक्षाबारे नेपाल राष्ट्र बैंकको टक्सार विभागसँग राजस्वले छलफल समेत गरीसकेको बताइएको छ ।

    ‘ब्रेक शु’बाट सुन छुट्याउने प्रक्रियाको प्रत्यक्ष प्रसारणका लागि राजस्वबाट प्रस्ताव आएको टक्सार विभाग स्रोतले जनाएको छ ।

    ‘सुरक्षाको उपाय अवलम्बन गर्दै सरकारी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने गरी छलफल भएको छ’, स्रोतले बतायो ।

    यस सम्बन्धमा विभागले प्रधानमन्त्रीसँग छलफल गर्नुपर्ने भएकाले निर्णय भने शुक्रबार प्रधानमन्त्री नेपाल फर्किएपछि मात्रै गर्ने तयारी गरिएको जनाइएको छ । प्रधानमन्त्री फर्किए पछि मात्रै सुन गाल्ने गरी तयारी दुवै विभागले गरिरहेका छन् ।

    सुन गाल्नका लागि राजस्व अनुसन्धन, भन्सार विभाग, राष्ट्र बैंक आन्तरिक लेखा परीक्षण विभाग, टक्सार लगायत ८ देखि १४ जना अधिकारीको प्रत्यक्ष निगरानीमा हुनेछ ।

    ‘ब्रेक शु’बाट सुन छुट्ट्याउन एक दिन लाग्ने र गुणस्तर जाँचका लागि थप केही घण्टा लाग्न सक्ने राष्ट्र बैंकले बताएको छ ।

    विभागले विमानस्थल भन्सारको हाताबाट २ साउनको साँझ ५ बजे सुनसहित २ जनालाई नियन्त्रणमा लिएको थियो ।

    हङकङबाट नेपाल ल्याइएको तस्करीको सुन प्रकरणमा हिजो (बुधबार) बेलुकासम्म राजस्व अनुसन्धान विभागले चिनियाँ र भारतीय १/१ जना नागरिक सहित १७ जनालाई हिरासतमा लिइसकेको छ । जाँचपासमा जोडिएका ३ जना भन्सार विभागका कर्मचारी समेतलाई नियन्त्रणमा लिइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend