logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • डडेल्धुराको आलितालमा २० वर्षीया युवती मृत फेला

    डडेल्धुराको आलितालमा २० वर्षीया युवती मृत फेला

    2.1K
    Shares
    डडेल्धुराको आलितालमा २० वर्षीया युवती मृत फेला

    डडेलधुरा । जिल्लाको आलिताल गाउँपालिकामा एक युवती मृतअवस्थामा भेट्टिएकी छिन् । आलिताल गाउँपालिका–७ खिन्नेभाडीकी २० वर्षीया नन्दा साउद बिहीबार (बिहान) मृत भेट्टिएकी हुन् ।

    दुर्गा माविमा १२ कक्षामा अध्ययनरत साउद घर नजिकैको पहिरोबाट झरेको अवस्थामा खोला किनारमा मृत फेला परेकी हुन्।

    उनी राति कोठाबाट बाहिर निस्केकी थिइन्। अबेरसम्म खोजतलास पनि भेटाउन सकिएको थिएन।

    उनी घरबाट बेपत्ता भएपछि उनकी बहिनी अनिताले आमाबुबालाई दिदी कोठाबाट निस्केको भनेर खबर दिएकी थिइन् । घटनाको सत्य तथ्य छानबिन गर्नुपर्ने मृतक युवतीका परिवारले माग गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend