logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • क्विन्टल सुन प्रकरणः चिनियाँ बस्ने लाजिम्पाटस्थित घरमा राजस्वको छापा

    क्विन्टल सुन प्रकरणः चिनियाँ बस्ने लाजिम्पाटस्थित घरमा राजस्वको छापा

    2.5K
    Shares
    क्विन्टल सुन प्रकरणः चिनियाँ बस्ने लाजिम्पाटस्थित घरमा राजस्वको छापा

    काठमाडौँ । काठमाडौँको लाजिम्पाटस्थित चिनियाँ नागरिक बस्ने घरमा राजस्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ ।

    त्रिभुवन विमानस्थलबाट बरामद गरिएको करिब एक क्विन्टल सुन तस्करीमा संलग्न चिनियाँ नागरिक जीक्वाङ लिन बस्ने घरमा खानतलासी गरिएको राजस्व अनुसन्धान विभागका एक जना अधिकृतले बताए ।

    घरमा जिक्वाङसहित अन्य २ जना चिनियाँ नागरिक बस्दै आइरहेका थिए। राजस्वको टोलीले उक्त घरबाट कागजात र केही सामान बरामद गरेको छ ।

    यहीँ साउन ३ मा बरामद गरिएको सुन ‘तस्करी’मा संलग्न अभियोगमा जिक्वाङ लिन यसअघि नै नियन्त्रणमा लिइसकिएको छ ।

    तस्करीमा संलग्नताको आरोपमा चिनियाँ र भारतीय नागरिकसहित १७ जना हिरासतमा रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend