मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थ मन्त्रालयले बनायो समिति

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थ मन्त्रालयले बनायो समिति

काठमाडौं । लामो समयदेखि आन्दोलनमा रहेका लघुवित्त पीतिहरुको समस्या समाधान गर्न अर्थ मन्त्रालयले वार्ता समिति गठन गरेको छ ।

मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव भूपाल बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरिएको हो ।

वार्ता समितिमा अर्थ मन्त्रालयसँगै गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधि समेत सम्मेलित रहेका छन् ।

समितिले लघुवित्त पीडित समितिसँग वार्ता तथा छलफल गरी समस्या समाधानको उपाय समेत सिफारिस गर्नेगरी कार्यादेश तोकिएको मन्त्रालयले जनाएको छ ।

आन्दोलनरत पक्षले लघुवित्तले गाउँगाउँका गरिब निमुखाहरुलाई कर्जाको नाममा ठगी धन्दा चलाएको भन्दै संस्थाहरुविरुद्ध संंघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएका छन् । समस्या समाधानका लागि अर्थ मन्त्रालयले वार्ता समिति बनाएको हो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend