मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

सप्तरीमा २१ बर्षे युवकको हत्या, एक गम्भीर घाइते

सप्तरीमा २१ बर्षे युवकको हत्या, एक गम्भीर घाइते

काठमाडौं । सप्तरीमा तिलाठी कोइलाडी गाउँपालिकामा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ। सँगै एक युवक गम्भीर घाइते अवस्थामा भेटिएका छन्।

तिलाठी कोइलाडी–७ मंसापुरस्थित भित्री सडकको एक खाल्डोमा सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वाका २१ वर्षीय तिर्कनारायण मण्डलको शव फेला परेको सप्तरी प्रहरीका सूचना अधिकारी डीएसपी नरेशकुमार सिंहले जानकारी दिए।

उनीसँगै हनुमाननगर कंकालिनी नगरपालिका–११ का २५ वर्षीय अजय मण्डल गम्भीर घाइते अवस्थामा भेटिएका छन्। उनीहरूलाई प्रहरीले शुक्रबार बिहान साढे ६ बजेको समयमा फेला पारेको हो।

घाइते मण्डलको उपचार राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भइरहेको सिंहले बताए। घटनाबारे अनुसन्धान थालेको प्रहरी जनाएको छ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend