logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेल पक्राउ

    बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेल पक्राउ

    3.4K
    Shares
    बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेल पक्राउ

    काठमाडौं । मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरि कुमार पोखरेल किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

    प्रहरीले त्रिपुरेश्वरको ब्लु क्रस अस्पतालमा उपचारका लागि भन्दै भर्ना भएर बसेको अवस्थामा उनलाई आज शुक्रवार (बिहान) पक्राउ गरेको हो ।

    निर्देशक पोखरेललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले जानकारी दिए ।

    आफ्नो घरमा काम गर्ने एक किशोरीलाई बलात्कार गरेको आरोप उनीमाथि लागेको छ । ती किशोरीले यसअघि सामाजिक सन्जालमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै भिडियो पोष्ट्याएकी थिइन् ।

    त्यसपछि पोखरेल मुटुको समस्या भएको बताउँदै अस्पतालमा भर्ना भएर बसेका थिए । प्रहरीले अस्पतालबाटै उनलाई नियन्त्रणमा लिएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend