logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • एसियाली खेलकुदका लागि क्रिकेट टोलीको घोषणा

    एसियाली खेलकुदका लागि क्रिकेट टोलीको घोषणा

    3.5K
    Shares
    एसियाली खेलकुदका लागि क्रिकेट टोलीको घोषणा

    साउन । १९औं एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

    यसअघि टिमबाट बाहिर रहेका विनोद भण्डारी, अभिनाश बोहोरा र विवेककुमार यादवलाई समेट्दैँ गर्दै १५ सदस्यीय टोली घोषणा गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

    विनोद, अभिनाश र विवेक टिममा समावेश हुँदा हाल टिममा रहेका ज्ञानेन्द्र मल्ल, अर्जुन साउद, भीम सार्की, देव खनाल, पवन सर्राफ, किशोर महतो, श्याम ढकाल, आरिफ शेख र सूर्य तामाङ भने एसियाली खेलकुदको टोलीमा परेका छैनन् ।

    एसियाली खेलकुदका लागि छनोट भइको क्रिकेट टिम:

    रोहितकुमार पौडेल(कप्तान), कुशल भूर्तेल, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, करण केसी, अभिनास बोहोरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, आसिफ शेख, विवेक कुमार यादव, प्रतिस जिसी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी

    १९औं एसियाली खेलकुद चीनको ह्वाङ्झाओमा आगामी असोज ६ देखि २१ सम्म आयोजना हुँदैछ ।

    जसमा नेपाल २९ खेलमा सहभागी हुनेछ। सुरुमा २३ खेलमा मात्रै सहभागी हुने योजना बनाएको राष्ट्रिय खेलकुद परिषद्‌ले अन्तिम समयमा बाँकी ६ खेलसहित समावेश भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend