logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • ओलीको प्रचण्डमाथि आरोप: नेकपा हुँदा एमालेकै रकम खाए पिए, सबै गरे

    ओलीको प्रचण्डमाथि आरोप: नेकपा हुँदा एमालेकै रकम खाए पिए, सबै गरे

    3.9K
    Shares
    ओलीको प्रचण्डमाथि आरोप: नेकपा हुँदा एमालेकै रकम खाए पिए, सबै गरे

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता हुनै नसकेको जिकिर गरेका छन् ।

    आज शुक्रवार जनसंगठन संमन्वय संयत्रको बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले पार्टी एकता गर्ने प्रचण्डको चाहना नै नरहेको दाबी गरेका हुन् ।

    ‘माओवादीसँग एकता भनिए पनि एकता हुँदै भएन, हामीले छुट्टै भेला गरेनौं । प्रचण्डले आफ्नो पार्टी जिवितै राखे । बैठक गरे ।’ ओलीले टिप्पणी गर्दै भने ।

    तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा एमालेकै रकममा प्रचण्ड चलेको समेत आरोप ओलीको छ ।

    ‘आफ्नो हिसाबकिताब बुझाएनन्, रकम बुझाएनन् । एमालेको रकम लिए, एमालेको रकममा चले, एमालेको रुकम खाए, पिए, सबै गरे ।’ ओलीले भने ।

    प्रचण्डले माओवादीको पार्टी कार्यालय पनि जिवितै राखेको ओलीले बताए ।

    प्रचण्डले पार्टी कब्जा गर्न नसके फेरि छुट्टिनुपर्ने बुझेर हिसाबकिताब र पार्टी कार्यालय समेत अलग गरेको ओलीले आरोप लगाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend