काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा फ्रान्सले ब्राजिललाई पराजित गरेको छ । शनिबार भएको खेलमा फ्रान्सले ब्राजिललाई १–० गोल अन्तरले पराजित गरेको हो ।
अष्ट्रेलियाको सनकोर्प स्टेडियममा भएको खेलमा फ्रान्सका लागि १७ औं मिनेटमा ले सोमरले गरेको गोल नै जितमा निर्णायक सावित भयो ।
यो सफलतासँगै फ्रान्स नकआउट चरण प्रवेशको उच्चतम् सम्भावना देखिएको छ । पहिलो खेलमा जमैकासँग गोलरहित बराबरी खेलेको फ्रान्स ४ अंक जोडेर समूह ‘एफ’ को शीर्ष स्थानमा कायम रहेको छ ।
३ अंक बनाएको ब्राजिल दोस्रो र एक अंक जोडेको जमैका तेस्रो स्थानमा छ भने पुछारमा रहेको पानाले अहिलेसम्म अंक जोड्न सकेको छैन् ।