logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपतिको उपचार खर्च व्यहोर्ने सरकारको निर्णयविरुद्धको रिटको सुनुवाइ न्यायाधीश सिन्हाको इजलासमा

    राष्ट्रपतिको उपचार खर्च व्यहोर्ने सरकारको निर्णयविरुद्धको रिटको सुनुवाइ न्यायाधीश सिन्हाको इजलासमा

    1.3K
    Shares
    राष्ट्रपतिको उपचार खर्च व्यहोर्ने सरकारको निर्णयविरुद्धको रिटको सुनुवाइ न्यायाधीश सिन्हाको इजलासमा

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा गरिएको उपचार खर्च राज्यले ब्यहोर्ने विषयमा परेको रिट न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा सुनुवाई हुने भएको छ । उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय खारेज गर्नुपर्ने माग गर्दै सर्वोच्चमा शुक्रबार रिट दायर गरिएको थियो ।

    राष्ट्रपति पौडेलको भारतमा गरिएको उपचार खर्चवापत ५५ लाख रुपैयाँ निकासा गर्ने सरकारले निर्णय गरेको थियो । सरकारको उक्त निर्णय बदरको मागसहित अधिवक्ता विष्णुकुमार गिरीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् ।

    राष्ट्रपति रामचन्द्र पौडेल, राष्ट्रपतिको कार्यालय शितलनिवास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गहृ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय लगायतलाई विपक्षी बनाई रिट दायर गरिएको थियो ।

    सो रिटको पेसी आइतबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा (न) नम्बरमा सुनुवाइका लागि पेसी कायमा गरिएको छ ।

    राष्ट्रपति उपचारका लागि भारत गएपछि नेपालमा त्यसको व्यापक आलोचना भएपछि राष्ट्रपति पौडेलको सचिवालयले राष्ट्रपतिको उपचार खर्च व्यक्तिगतरुपमा राष्ट्रपति आफैंले बेहोर्न चाहेको पेश वक्तव्य जारी रहेको थियो। तर आफैंले ब्यहोर्ने भनेको ५५ लाख रुपैयाँ भुक्तानीका लागि निवेदन दिएसँगै सरकारले उपचार खर्च बेहोर्ने निर्णय लिएको थियो।

    त्यसको लागि ५५ लाख रुपैयाँ निकासा गर्न अर्थ मन्त्रालयमा पत्र पुगेपछि रकम निकासा नगर्न र मन्त्रिपरिषद्को निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरिएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend