logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ऋणीको घरजग्गा कब्जा गर्दै बलात्कार आरोपित मालीविरुद्ध मावनबेचबिखनमा किटानी जाहेरी

    ऋणीको घरजग्गा कब्जा गर्दै बलात्कार आरोपित मालीविरुद्ध मावनबेचबिखनमा किटानी जाहेरी

    2.8K
    Shares
    ऋणीको घरजग्गा कब्जा गर्दै बलात्कार आरोपित मालीविरुद्ध मावनबेचबिखनमा किटानी जाहेरी

    काठमाडौं । पाँच लाख ऋण दिई ६५ लाखको तमसुक बनाएर एक महिलाको घरजग्गा कब्जा गरी पटक–पटक बलात्कार गरेको अभियोगमा पक्राउ परेका सुर्जमान मालीविरुद्ध किटानी जाहेरी दिइएको छ ।

    ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जिल्ला प्रहरी परिसर, ललितपुरमा पुगेर पीडितले मालीविरुद्ध मानवबेचबिखन तथा ओसारपसार ऐन, २०६४ विरुद्धको कसुरमा किटानी जाहेरी दर्ता भएको जानकारी दिए ।

    पीडितले मालीसँगै धापाखेलका उमेश शाहीविरुद्ध पनि जाहेरी दिएकी छन् । पीडितका अनुसार, उनी २०७५ सालको अन्तिमदेखि ०७६ साउनसम्म पटक–पटक बलात्कारमा परेकी थिइन् ।

    मालीले सुरुमा आफूले बलात्कार गरेको त्यसपछि अन्य व्यक्तिलाई भेट्न पठाएर समेत जबरजस्ती करणी गराएको पीडितको आरोप छ । तर, जबरजस्ती करणीको कसूरमा अनुसन्धानका लागि हदम्याद नाघिसकेको भन्दै मानवबेचबिखनविरुद्धको कसुरमा मात्रै जाहेरी दिइएको हो ।

    ‘तत्काललाई अनुसन्धान गर्दै जानका लागि मानवबेचबिखन सम्बन्धी कसुरमा जाहेरी लिएका छौं, अनुसन्धानका क्रममा थप खुले अनुसार गर्छौं ।’ एसएसपी शाहले भने ।

    मालीमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत, ललितपुर उपस्थित गराई हिजो (आइतबार) थुनामा लिएर अनुमति लिने तयारी छ । यस घटनाकी पीडितले शुक्रबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि भेटेकी थिइन् । लगत्तै ललितपुर प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

    उक्त घटनामा अरु व्यक्तिको संलग्नता सम्बन्धमा पनि अनुसन्धान सुरु भएको प्रहरी स्रोतले बताएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend