logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रचण्डको उद्घोषः भ्रष्टाचार र तस्करीविरुद्धको जेहाद छेडने क्रम रोकिनेवाला छैन

    प्रचण्डको उद्घोषः भ्रष्टाचार र तस्करीविरुद्धको जेहाद छेडने क्रम रोकिनेवाला छैन

    1.4K
    Shares
    प्रचण्डको उद्घोषः भ्रष्टाचार र तस्करीविरुद्धको जेहाद छेडने क्रम रोकिनेवाला छैन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारी र तस्करीविरुद्धको जेहाद छेड्ने क्रम नरोकिने स्पष्ट पारेका छन् ।

    आज(आइतबार) समाजवादी विद्यार्थी मोर्चाको घोषणा सभालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डको यस्तो भनाई आएको हो ।

    प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचारविरोधी वा तस्करीका विरुद्ध जेहाद छेडिँदैछ । यो कदम यहि रोकिँदैन, रोकिनेवाला छैन निरन्तर अगाडि बढनेवाला छ ।’

    नेपाल राष्ट्रको एकता, सम्मृद्धि र विकास निर्माणका लागि यो लडाई जित्नैपर्ने उल्लेख गर्दै प्रचण्डले यो कुनै आवेग र राजनीतिक स्टण्ट पनि नभएको जिकीर गरे ।

    उनले लाखौ जनताको सपना साकार पार्ने अभियान थालिएको भन्दै आगामी दिन पनि अन्य भ्रष्टाचारका फायल खुल्दै जाने समेत बताए । आम जनताको साथ पाएपछि भ्रष्टाचारविरुद्धको व्याटल जितिने उनले दाबी गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend