logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • सरकारको भ्रष्टाचारबिरोधी कदमले जनतामा नयाँ आशाको सञ्चार गराएको छः प्रधानमन्त्री दाहाल

    सरकारको भ्रष्टाचारबिरोधी कदमले जनतामा नयाँ आशाको सञ्चार गराएको छः प्रधानमन्त्री दाहाल

    1.4K
    Shares
    सरकारको भ्रष्टाचारबिरोधी कदमले जनतामा नयाँ आशाको सञ्चार गराएको छः प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले भ्रष्टचारबिरुद्ध र सुशासनको पक्षमा गरेका महत्वपूर्ण कामहरुले जनतामा नयाँ आशाको रक्तसञ्चार गराएको बताएका छन् ।

    प्रधानमन्त्री दाहालले सरकारले पछिल्लो समय गरेका भ्रष्टाचारबिरुद्ध र सुशासनको पक्षमा चालेको कदमहरुले जनतामा नयाँ आशासहितको नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग खडा हुँदै गएको बताएका हुन् ।

    आईतवार काठमाडांैमा आयोजित स्वर्गीय माधवप्रसाद मरहट्ठाको स्मृतिमा लेखिएको पुस्तक ‘माधव सर’को लोकार्पण कार्यक्रममा बोल्दै उनले ७ महिनाको अवधिमा सरकारले हासिल गरेका उपलब्धिहरुले इमान्दार भएर क्रियाशील रहँदा जस्तासुकै चुनौति छिचोलेर पनि अघि बढ्न सकिन्छ भन्ने विश्वास आफूलाई दिएको बताए । प्रधानमन्त्री दाहालले सरकारको भ्रष्टाचार बिरोधी अभियानमा दृढतापूर्वक साथ दिएको भन्दै आम नागरिकप्रति आभार पनि व्यक्त गरे ।

    उनले भने, ‘वर्तमान सरकार नेपालको वाम–लोकतान्त्रिक आन्दोलनको मर्म र भावना अनुसार बदलिएको व्यवस्था अनुसार जनताको दैनिक जीवन र अवस्था पनि बदल्न सामाजिक न्याय, सुशासन र समृद्धिको एउटा नयाँ यात्रातर्फ अगाडि बढ्ने जमर्को गरिरहेको छ । र, यस्तो सन्दर्भमा सरकार गठनको ७ महिनाको अवधिसम्म पुग्दा जेजति मेहनत भएको छ । जे जति प्रयासहरु भएको छ । यसबाट जे जति उपलब्धिहरु हासिल हुँदैछन । त्यसले देश र जनताको पक्षमा इमान्दार भएर क्रियाशील रहँदा जस्तासुकै चुनौति छिचोलेर जान सकिन्छ भन्ने विश्वास दिलाउँदै गएको छ । पछिल्लो समय भ्रष्टाचारका बिरुद्ध र सुशासनको पक्षमा महत्वपूर्ण प्रयासहरु गरिएका छन् । यसले जनतामा नयाँ आशाको रक्तसञ्चार गरेको छ । नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग खडा हुँदैछ । यस सन्दर्भमा सरकारको भ्रष्टाचार बिरोधी अभियानमा दृढताका साथ सहयोग र ऐक्यवद्धता व्यक्त गर्नुहुने आम जनसमुदायमा आभार पनि व्यक्त गर्न चाहन्छु । र, माधव मरहट्ठा जस्ता बहुआयामिक व्यक्तित्वका धनीको प्रेरणा पनि यस सन्दर्भमा महत्वपूर्ण रहेको कुरा म प्रष्टसँग यहाँ राख्न चाहन्छु ।’

    प्रधानमन्त्री दाहालले सरकारले नेपालको वाम–लोकतान्त्रिक आन्दोलनको मर्म र भावना अनुसार नेपाली जनताको दैनिक जीवन र अवस्था बदल्ने जमर्को गरिरहेको समेत दोहो¥याए ।

    त्यस अवसरमा उनले मरहट्ठाले माओवादी जनयुद्धको बिजारोपण, घोषणा, विकास र त्यसको शान्तिपूर्ण रुपान्तरणमा खेलेको भूमिकाको प्रशंशा गरेका थिए । उनले मरहट्ठालाई नेपालको कम्युनिष्ट आन्दोलनका एक बौद्धिक व्यक्तित्व एवं राजनीतिक नेताहरुका पनि गुरुको रुपमा चित्रण गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend