logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • धरानमा डेङ्गुबाट हालसम्म ८ जनाको मृत्यु, २ हजार ३ सय जना संक्रमित पुगे

    धरानमा डेङ्गुबाट हालसम्म ८ जनाको मृत्यु, २ हजार ३ सय जना संक्रमित पुगे

    1.8K
    Shares
    धरानमा डेङ्गुबाट हालसम्म ८ जनाको मृत्यु, २ हजार ३ सय जना संक्रमित पुगे

    विराटनगर । बर्खायाम लागेसँगै प्रकोपकै रुपमा फैलिएको डेङ्गु रोगका कारण धरानमा ८ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म २ हजार तीन सय ५३ जनामा डेङ्गु पोजेटिभ भएको पाइएको छ ।

    धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले ३ हजार ९८१ जनाको स्वास्थ्य परीक्षणका क्रममा २ हजार ३५३ जना डेङ्गु सङ्क्रमित देखिएको पुष्टि गरे ।

    परीक्षण गरिएका मध्ये ५९ प्रतिशतमा डेंगु देखिएको हो । यस्तै, धरानको ११, १५, १७ र १८ नम्बर वडामा डेंगुको प्रभाव उच्च देखिएको छ ।

    संक्रमण बढ्दै गएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १ सय ५० जनासम्मलाई अटाउने गरी डेंगुको छुट्टै वार्ड सञ्चालन भएको छ। विपिमा डेङ्गुका लागि छुट्टै क्लनिक समेत सञ्चालनमा ल्याइएको छ ।

    डेङ्गु नियन्त्रणका लागि धरानमा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन गरिरहेको उनले जानकारी दिए । धरानमा २४० वटै टोल विकास संस्थालाई समेत डेङ्गु नियन्त्रण अभियानमा जोडिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend