logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको छः अध्यक्ष यादव

    नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको छः अध्यक्ष यादव

    1.7K
    Shares
    नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको छः अध्यक्ष यादव

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको बताएका छन् ।

    आईतवार समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरुले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष यादवले नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको बताएका हुन् ।

    उनले नेपालको शिक्षा क्षेत्र अराजक र बेवारिसे भएको पनि बताए । उनले सरकारले लगानी गरेको विद्यालय, क्याम्पस र विश्वविद्यालयहरुमा पढ्ने विद्यार्थी नै पाउन छोडिसकिएको बताए । उनले देश प्रगतिको मुख्य आधार नै शिक्षा भएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकता रहेको बताए ।

    उनले भने– ‘हामीले राजतन्त्रलाई अन्त्य ग¥यौँ । एकात्मक शासकीय प्रणालीलाई अन्त्य ग¥यौँ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल त भयौँ । तर शिक्षा क्षेत्र ध्वस्त भएको छ । नेपालमा सबभन्दा अगाडी ध्वस्त भएको, सबभन्दा बढी बरबाद भएको, सबभन्दा बढी अराजक भएको, सबभन्दा बढी बेवारिसे भएको कुनै क्षेत्र छ भने त्यो शिक्षा क्षेत्र नै छ । चाहे त्रिभुवन विश्वविद्यालयमा जानुस्, अन्त जानुस् । सरकारले लगानी गरेको स्कुलमा जानुस् । सरकारले चलाएको विश्वविद्यालय र क्याम्पसमा हेर्न जाने हो भने अब त विद्यार्थी पाउन पनि छोडिसक्यो । किन जानु त्यहाँ पढेर के हुन्छ ? मान्छेलाई विश्वास पनि भएन यति ध्वस्त भइसकेको छ । शिक्षा क्षेत्र ध्वस्त भएको नेपालको हालत चाहीँ के होला त ? जबकि प्रगतिको आधार नै शिक्षा हो । त्यसकारण शिक्षामा आमुल परिवर्तनको आवश्यकता छ । शिक्षाको सम्पूर्ण दायित्व राज्यले लिनुपर्छ । शिक्षा अधिकार हो । मानव विकासको आधार हो । यसको दायित्व राज्यले लिनुपर्छ । जनताको मौलिक अधिकार हो । समाजवादको पहिलो आधार अहिलेको युगमा सबैका लागि गुणस्तरीय राम्रो शिक्षा हो । र सबैको लागि रोजगार नै समाजवादको आधार हो । कुनै देशमा समाजवाद छ, छैन भन्ने नाप्ने आधार के भने त्यहाँ राम्रो शिक्षा समान रुपले सबैले पाएका छन् कि छैनन्, सबैले रोजगारी पाएका छन् कि छैनन् ? छ भने त्यो समाजवादको दिशातिर अगाडी बढेको मुलुक हो । छैन भने समाजवाद हुन सक्दैन ।’

    उनले नेपालको संविधानमा समाजवाद उन्मुख लेखिएको भएपनि व्यवहार भने विकृत पुँजिवादको उन्मुख भएको बताए । त्यसैगरी सरकारको नीति, कार्यक्रम र बजेट कर्मचारीले बनाउने गरेको उल्लेख गर्दै उनले कर्मचारीले बनाएको नीतिको आधारमा समाजवाद नआउने बताए ।

    उनले राजनीतिक व्यक्ति, समाजवादी चिन्तक र बौद्धिक वर्गहरुले देशको नीति, योजना र कानून बनाउनुपर्नेमा जोड दिए ।

    उनले भने–‘कर्मचारीले बनाएको नीतिको आधारमा समाजवाद आउँछ ? कर्मचारीले सरकारको नीति बनाउँछ, कर्मचारीले बजेट बनाउँछ, कर्मचारीले कानून लेखिदिन्छ, हामी संसदमा थपडी बजाउँछौ र पास गर्दिन्छौँ । देश जतासुकै जाओस् केही मतलव छैन । यो स्थितिबाट मुक्त गरेर राजनीतिक व्यक्तित्वहरु, विचारकहरु, बौद्धिक वर्गहरु बसेर, समाजवादी चिन्तकहरु बसेर मुलुकलाई कुन दिशामा जाने हो, त्यही अनुसार नीति, कार्यक्रम, कानून र योजना बनाएर अगाडी बढाउनुपर्ने बेला हो । ब्युरोक्रेसीको भरमा समाजवादको कल्पना गर्न सकिँदैन । परिवर्तन यहाँनिर आवश्यकता छ ।’

    उनले गुणस्तरीय शिक्षा दिने मुलुकहरुले नै प्रगति गर्ने भन्दै गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend