logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • एमालेले आजको संसद् बैठक पनि अवरोध गर्ने

    एमालेले आजको संसद् बैठक पनि अवरोध गर्ने

    1.6K
    Shares
    एमालेले आजको संसद् बैठक पनि अवरोध गर्ने

    काठमाडौँ । नेकपा एमालेले आज बस्ने प्रतिनिधि सभा बैठक अवरोध गर्ने भएको छ । सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय आयोग गठनको माग गरे पनि सरकारले त्यसमा चासो नदेखाएकाले सोमबार बस्ने प्रतिनिधि सभा बैठक चल्न नसक्ने एमाले प्रमुख सचेतक पदम गिरिले जानकारी दिए ।

    ‘सरकारले सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग गठनमा अहिलेसम्म चासो दिएको छैन । त्यसैले आजको बैठक पनि चल्न सक्ने देखिँदैन’, प्रमुख सचेतक गिरीले भने, ‘सरकारले माफी माग्दै जाने हामी दिँदै जाने कुराले हुँदैन ।’

    प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । गत बुधबार बसेको बैठकमा पनि एमाले सांसदहरूले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै अवरोध गरेका थिए ।

    यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारलाई भेटेर संसद्को अवरोध हटाउन भूमिका खेल्न आग्रह गरेका छन् ।

    सोमबार बिहान परियार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । भेटमा संसद्को अवरोध हटाउन र संसदीय समितिको सभापति चयनबारे कुराकानी भएको परियारले बताए ।

    ‘संसद्को अवरोध हट्नुपर्ने र संसदीय समिति सभापति चयनलगायतका विषयमा कुराकानी भयो । मैले समिति सभापति चयनको प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएँ’, परियारले भने । प्रधानमन्त्रीसँगको भेटमा टीआरसी विधेयकका विषयमा समेत सामान्य कुराकानी भएको परियारको भनाइ छ । परियार कानुन, न्याय तथा मानव अधिकार समितिको सदस्य समेत हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend