आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

माओवादी केन्द्रले पनि केन्द्रीय कमिटीको बैठक प्रत्यक्ष प्रसारण गर्ने

माओवादी केन्द्रले पनि केन्द्रीय कमिटीको बैठक प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पनि केन्द्रीय कमिटीको बैठक प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

सचिव दिनानाथ शर्माका अनुसार सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठक अनलाइनमार्फत प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको हो ।

यसअघि साउन २ देखि १० सम्म सञ्चालन भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पनि प्रत्यक्ष प्रसारण गरिएको थियो ।

माओवादी सचिव शर्माले पार्टी लोकतान्त्रिक पद्धतिअनुसार चलाइने पनि बताए । यसअघि माओवादी केन्द्रीय कमिटीको बैठकमा समूहगत छलफल हुने गरे पनि यसपटक भने सबै केन्द्रीय सदस्यलाई बोल्न समय दिइने सचिव शर्माले जानकारी दिए ।

‘पार्टीलाई लोकतान्त्रिक पद्धतिबाट चलाइनुपर्छ भन्ने सबैको माग हो । पहिले समूहमा छलफल हुने गरे पनि यसपटक भने सबै केन्द्रीय सदस्यलाई छोटो समय उपलब्ध गराइनेछ ।’ सचिव दिनानाथ शर्माले भने ।

त्यस्तै, आगामी मंसिरसम्म पार्टीले विधान सम्मेलन गर्ने समेत पदाधिकारी बैठकले तयारी गरेको छ । केन्द्रीय कमिटीको बैठकमा एजेन्डा पेस गर्दै यससम्बन्धमा थप निर्णय हुने उनले बताए। त्यस्तै, पार्टीको विधानअनुसार केन्द्रीय कमिटीमा महिला प्रतिनिधित्व ३५ प्रतिशत पुग्ने पनि शर्माले बताए ।

यसपटक माओवादी केन्द्रीय कमिटीमा २३/२४ जना महिला सदस्य थपिनेछ । अब माओवादीको केन्द्रीय कमिटीमा कम्तीमा १४० जना महिला हुनेछन् भने माओवादीको केन्द्रीय कमिटी ४०७ सदस्यीय बन्नेछ । माओवादी केन्द्रीय कमिटीको बैठक यही साउन १७ गतेदेखि २१ गतेसम्म काठमाडौंमा चल्ने बताइएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend