logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पोखरामा उड्न ठिक्क परेको यतीको विमानमा मुसा भेटियो, उडान स्थगित

    पोखरामा उड्न ठिक्क परेको यतीको विमानमा मुसा भेटियो, उडान स्थगित

    3.2K
    Shares
    पोखरामा उड्न ठिक्क परेको यतीको विमानमा मुसा भेटियो, उडान स्थगित

    पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न तयारी अवस्थामा रहेको यती एयरलाइन्सको जहाजमा मुसा देखिएपछि उक्त जहाजको उडान स्थगित गरिएको छ ।

    राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पनि त्यही जहाजमा काठमाडौं आउँदै थिए । सो जहाजमा मुसा भेटिएपछि उनी अर्कै विमान मार्फत काठमाडौं जाने तयारीमा छन् ।

    यती एयरको उडान नम्बर ६७८ को जहाजमा मुसा देखिएको पोखरा विमानस्थलकी निमित्त प्रमुख जशोदा रेग्मीले जानकारी दिइन्। ११ः५० मा उडान भर्न ठिक्क परेको जहाजमा मुसा देखिएर उडान रोकेर खोजी कार्य थालिएको उनले बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend