logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • मन्त्री, कर्मचारी र उच्च नेताहरु तानिने डरले उच्चस्तरीय समिति बनाएर छानबिन गर्न सरकार डरायोः पदम गिरी

    मन्त्री, कर्मचारी र उच्च नेताहरु तानिने डरले उच्चस्तरीय समिति बनाएर छानबिन गर्न सरकार डरायोः पदम गिरी

    2.5K
    Shares
    मन्त्री, कर्मचारी र उच्च नेताहरु तानिने डरले उच्चस्तरीय समिति बनाएर छानबिन गर्न सरकार डरायोः पदम गिरी

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकार मन्त्रीहरु अनुसन्धानमा तानिने डरले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन बनाएर अनुसन्धान गर्न डराएको टिप्पणी गरेका छन् ।

    सोमवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले उच्चस्तरका नेता र कर्मचारी तानिने डरले सरकारले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न हिच्किचाइरहेको बताए । उनले नेपाललाई सुन तस्करको अखडा बनाउने कुरा सह्य हुन नसक्ने बताए ।

    उनले भने, ‘किन छानबिन समिति बनाउन चाहन्न सरकार भने त्यहाँ मन्त्रीहरु तानिन सक्छन्, हाइप्रोफाइलका कर्मचारी नेताहरु तानिन सक्छन् । त्यसैले सरकार उच्चस्तरीय छानबिन बनाउन तयार छैन, हामी नेपाललाई तस्करको अखडा बनाउन चाहँदैनौँ । अन्तर्राष्ट्रिय स्तरमा नेपाल बदनाम भएको छ । नेपाल तस्करीको हब बन्दैछ, यो कुरा रोक्नुपर्छ ।’

    प्रमुख सचेतक गिरीले नेपाल सुन तस्करीको हब बन्न लागेको भन्दै दुःख व्यक्त गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend