logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • अनियमिततामा संलग्न सबै दोषीलाई कारबाही हुन्छः मन्त्री गुरुङ

    अनियमिततामा संलग्न सबै दोषीलाई कारबाही हुन्छः मन्त्री गुरुङ

    1.5K
    Shares
    अनियमिततामा संलग्न सबै दोषीलाई कारबाही हुन्छः मन्त्री गुरुङ

    काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले सरकारले अनियमितता गर्ने सबै दोषीलाई सरकारले कारबाहीको दायरामा ल्याउने बताएकी छिन् ।

    सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले सरकारले काम गरेकै कारण सुन तस्करहरु पक्राउ परेको भन्दै सुन तस्करी प्रकरणमा संलग्न सबैलाई कारबाही हुने बताइन् ।

    उनले दोषी अनुसन्धानको घेरामा आउने भन्दै तिब्र गतिमा अनुसन्धान अघि बढ्ने बताइन् ।

    उनले भनिन्, ‘सरकारले काम नगरेको भए त पक्राउ नै पर्ने थिएनन् नि । दोषीहरुलाई कारबाही हुन्छ । अनुसन्धान तिब्र गतिमा अघि बढ्छ । जो दोषी हुन्छ, अनुसन्धानको लागि लगिहाल्छ ।’

    मन्त्री गुरुङले सरकारले काम गरेकै कारण दोषीहरु धमाधम पक्राउ परेको उल्लेख गरिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend