logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • ओली भन्छन्– सुन तस्करी काण्ड माओवादीभन्दा बाहिर जानै सक्दैन्

    ओली भन्छन्– सुन तस्करी काण्ड माओवादीभन्दा बाहिर जानै सक्दैन्

    3.3K
    Shares
    ओली भन्छन्– सुन तस्करी काण्ड माओवादीभन्दा बाहिर जानै सक्दैन्

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विमानस्थलबाट तस्करी भएको सुन प्रकरणमा माओवादी केन्द्रका नेताहरूको वरिपरि घुमेको दाबी गरेका छन्। अध्यक्ष ओलीले सुन तस्करी काण्ड माओवादीभन्दा बाहिर जानै नसक्ने टिप्पणी गरेका हुन्।

    एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागको बैठकलाई सोमबार पार्टी केन्द्रीय कार्यालय ललितपुरमा सम्बोधन गर्दै उनले घटनाक्रमहरूले सुन काण्डमा माओवादीको संलग्नता देखिएको र उनीहरूले घटनाक्रमलाई अन्यत्र मोड्न खोजेको आरोप लगाए।

    ‘गोदाममा रहेको साढे ९ किलो सुन हरायो, योभन्दा राज्यशक्तिको भद्दा दुरूपयोग के हुन्छ ?  पूर्वप्रधानमन्त्री ओलीले प्रश्न गर्दै भने, ‘गृहमन्त्री मातहतको मेसिनरीले के हेरेको रु यसमा गृहमन्त्रीको संलग्नता छ, यसै कारण गृहमन्त्रीको राजीनामा मागिएको हो।’

    गृहमन्त्रीको संलग्नता भएकै कारण घटनाक्रमलाई अन्यत्र मोड्न श्रेष्ठले ‘टार’र ‘कोट’को कुरा गरेको ओलीको प्रतिक्रिया छ। ओलीले सरकारको जिम्मेवार मन्त्रीले अरूमाथि आरोप लगाउँदा पुष्टि गर्नुपर्ने धारणा राखे।

    अध्यक्ष ओलीले पार्टीमाथि भइरहेको चौतर्फी हमलाको सामना गर्न पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend