logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आफ्नै नाबालिका छोरीमाथि करणी गर्ने बाबुलाई साढे ५२ वर्ष कैद

    आफ्नै नाबालिका छोरीमाथि करणी गर्ने बाबुलाई साढे ५२ वर्ष कैद

    5.1K
    Shares
    आफ्नै नाबालिका छोरीमाथि करणी गर्ने बाबुलाई साढे ५२ वर्ष कैद

    सोलुखुम्बु । आफ्नै नाबालिका छोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा बाबुलाई ५२ वर्षभन्दा बढी कैद सजायको फैसला भएको छ ।

    १० वर्षभन्दा कम उमेरकी आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने सोलुदुधकुण्ड नगरपालिकाका–३५ वर्षीय पुरूषलाई सोलुखुम्बु जिल्ला अदालतले ५२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको हो ।

    गुरुङ थरका ती युवकलाई ५२ वर्ष ६ महिना कैद सजाय फैसला भएको स्रेस्तेदार नगेन्द्र कुमार कालाखेतीले जानकारी दिए ।

    ती पुरूषविरुद्ध ३ वटा कसुरमा सरकारी वकिलबाट सजायको माग दाबी गरिएको थियो । ३ वटै कसुरमा सजायको फैसला भएको स्रेस्तेदार कालाखेतीले बताए ।

    उक्त मुद्दा हाल उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा साधक जायरका लागि पेश भएको सोलुखुम्बु जिल्ला अदालतले जनाएको छ । अभियुक्त गुरुङलाई कैद भुक्तानका लागि जिल्ला कारागार सल्लेरी चलान गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend