logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नक्कली शरणार्थी प्रकरण : रिहाईको माग गर्दै खाँण, रायमाझी र रिजालसहितका नेताहरु पुगे उच्च

    नक्कली शरणार्थी प्रकरण : रिहाईको माग गर्दै खाँण, रायमाझी र रिजालसहितका नेताहरु पुगे उच्च

    3.5K
    Shares
    नक्कली शरणार्थी प्रकरण : रिहाईको माग गर्दै खाँण, रायमाझी र रिजालसहितका नेताहरु पुगे उच्च

    काठमाडौं । आफूहरुलाई हिरासतमा राख्ने आदेश गलत भएको भन्दै नक्कली शरणार्थी प्रकरणमा तानिएका नेताहरु उच्च अदालत पाटनको ढोकामा पुगेका छन् ।

    जिल्ला अदालत काठमाडौंको आदेश बदर गरी आफूहरुलाई सामान्य तारिखमा रिहाईको माग गर्दै कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझी भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगातय उच्च अदालत पुगेका हुन् ।

    मुद्दाको विषयवस्तु, प्रमाणको विवेचना नगरी आफूहरुलाई हिरासतमा राखिएको भन्दै उनीहरुले थुनामुक्त गर्ने आदेशको माग गरेका छन् ।

    उच्च अदालत पाटनले खाँण र रायमाझीको हकमा कैफियत प्रतिवेदन मगाउने आदेश दिइसकेको छ । यसअघि नै निवेदन दिएकाहरुको हकमा उच्च अदालत पाटनको आदेश अनुसार जिल्ला अदालतबाट प्रतिवेदन पेस गरिसकिएको छ ।

    जिल्ला अदालतको आदेशविरुद्ध निवेदन परेपछि उच्च अदालतले सम्बन्धित जिल्ला अदालतलाई ‘कैफियत प्रतिवेदन’ पठाउन आदेश जारी गर्छ ।

    कैफियत प्रतिवेदन प्राप्त भएपछि उच्च अदालतले सुनुवाइसहित जिल्लाको आदेशको परीक्षण गरी थप आदेश दिने गर्दछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend