logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • कोशी प्रदेश: सत्ता गठबन्धनका उद्धव थापा दोस्रो पटक मुख्यमन्त्री नियुक्त

    कोशी प्रदेश: सत्ता गठबन्धनका उद्धव थापा दोस्रो पटक मुख्यमन्त्री नियुक्त

    3.8K
    Shares
    कोशी प्रदेश: सत्ता गठबन्धनका उद्धव थापा दोस्रो पटक मुख्यमन्त्री नियुक्त

    विराटनगर । कोशी प्रदेशमा सत्ता गठबन्धनबाट  नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका छन् ।  प्रदेश प्रमुख परशुराम खापुङले थापालाई आज (मंगलबार) साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    मंगलबार नै पौने ५ बजे थापाले प्रदेशसभाका ४७ सदस्यको आफूलाई समर्थन भएको भन्दै प्रदेश प्रमुख सामू दाबी पेश गरेका थिए । उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशका सांसदहरुले समर्थन दिएका छन् ।

    एक महिना अघि मात्रै थापा सभामुखको हस्ताक्षरसहित मुख्यमन्त्री चयन भएका थिए । यद्यपि, उनको सो नियुक्ती गैरसंवैधानिक भन्दै सर्वोच्चले बदर गरिदिएको थियो ।

    सत्ता गठबन्धनका तर्फबाट सभामुखलाई राजिनामा गराएर उनी पुनः मुख्यमन्त्री बनेका हुन् । ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीमा दाबी पेश गर्न ४७ सदस्यको समर्थन जरुरत पर्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend