logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • डा.चन्द्रकान्त भण्डारी भन्छन्– भ्रष्टाचारीको बिरुद्धमा सबै एक भएर लड्नुको विकल्प छैन

    डा.चन्द्रकान्त भण्डारी भन्छन्– भ्रष्टाचारीको बिरुद्धमा सबै एक भएर लड्नुको विकल्प छैन

    1.6K
    Shares
    डा.चन्द्रकान्त भण्डारी भन्छन्– भ्रष्टाचारीको बिरुद्धमा सबै एक भएर लड्नुको विकल्प छैन

    काठमाडौं । नेपाली काँग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीले अनियमितता गर्नेहरुको बिरुद्धमा सबै एक भएर लड्नुपर्ने बताएका छन् ।

    मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पछिल्लो सुन तस्करीबारे पहिला प्रहरी प्रशासन, राज्यका निकायहरुलाई छानबिन गर्न दिनुपर्ने बताए ।

    उनले राज्यका निकायले निष्पक्ष छानबिन गर्न नसके र निचोडमा पुग्न नसके मात्रै उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न उपयुक्त हुने बताए । उनले अनियमितता गर्नेहरुले नेपाललाई नांगो बनाइरहेको भन्दै सबै एक भएर त्यसबिरुद्ध लड्नुपर्ने बताए ।

    उनले भने, ‘उच्चस्तरीय छानबिन समिति बनाउनु हुँदैन भन्ने होइन । बनाएपनि हुन्छ । तर, राज्यको निकाय छ । पुलिस छ । राजश्व छ । उनीहरुले गर्ने कुरा एक छिन हेरौं । उनीहरु टार्गेटमा पुग्न सकेनन् । माफियाको घरसम्म पुग्न सकेनन् भने उच्च स्तरीय छानबिन कमिटी बनाएर पनि छानबिन गर्नुपर्छ । त्यसलाई गर्नुहुँदैन भन्ने कुरामा हामी जान हुन्न । जसरी हुन्छ–यो माफियाहरुलाई, नेपाली युवाहरु, जसलाई विदेश जान बाध्य बनाईराखेका छन् । नेपाललाई नांगो बनाईरहेका छन् । त्यसको बिरुद्धमा न काँग्रेस, न कम्युनिष्ट हामी सिंगो नेपाली भएर लड्नुपर्छ । यत्ति कुरा हो । त्यो भन्दा हामीसँग अरु विकल्प छैन ।’

    सांसद भण्डारीले भ्रष्टाचारीहरुको बिरुद्धमा सबै एक भएर लड्नुको विकल्प नरहेको जिकिर गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend