logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मोरङमा प्रशासन कार्यालयमै विष सेवन गरेका मिटरब्याज पीडित सोनारको मृत्यु

    मोरङमा प्रशासन कार्यालयमै विष सेवन गरेका मिटरब्याज पीडित सोनारको मृत्यु

    3.8K
    Shares
    मोरङमा प्रशासन कार्यालयमै विष सेवन गरेका मिटरब्याज पीडित सोनारको मृत्यु

    विराटनगर । मोरङका मिटरब्याज पीडित भनिएका एक पुरुषको ज्यान गएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा पीडित र पीडक पक्षको छलफलपछि विष सेवन गरेका विनित सोनारको ज्यान गएको हो ।

    यही साउन ७ गते जिल्ला प्रशासन कार्यालय मोरङमा छलफलपछि बाहिरिँदा प्रहरीले पक्राउ गरेपछि कार्यालय परिसरमै विष सेवन गरेका कटहरी गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय विनित सोनारको बुधबार बिहान निधन भएको छ ।

    डा. नितेष तिवारी विरुद्ध सोनारकी पत्नी रीताले मिटरब्याजबाट पीडित भएको जाहेरी दिएकी थिइन् । उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय मोरङले दुवै पक्षलाई साउन ७ गते छलफलका लागि डाँकेको थियो । जिल्ला प्रशासन कार्यालयमा छलफलपछि बाहिरिने क्रममा प्रहरीले पक्राउ गरेपछि सुनारले विष खाएका थिए ।

    विष सेवनबाट गम्भीर बिरामी भएका उनलाई कोशी अस्पताल हुँदै नोबेल मेडिकल कलेज पु¥याइएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी छेदीलाल कामतीले नोबेलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend