logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • माओवादी नेता दीपशिखा भन्छन्– समस्या मूलमा छ, समाधान अन्यमा खोजेर हुँदैन

    माओवादी नेता दीपशिखा भन्छन्– समस्या मूलमा छ, समाधान अन्यमा खोजेर हुँदैन

    1.4K
    Shares
    माओवादी नेता दीपशिखा भन्छन्– समस्या मूलमा छ, समाधान अन्यमा खोजेर हुँदैन

    काठमाडौँ । झण्डै डेढ बर्षपछि सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को आज (बुधबार) देखि केन्द्रीय समिति बैठक सुरू भएको छ ।

    आमनिर्वाचनयता पहिलो पटक बस्न लागेको बैठकले पार्टीलाई गतिशील बनाउने नीति, रणनीति, कार्यदिशा र कार्यक्रम ल्याउने नेताहरूले विश्वास गरेका छन् ।

    २०६४ को संविधानसभा निर्वाचनमा जनमतबाट पहिलो शक्तिशाली पार्टी बनेको माओवादी २०७९ को निर्वाचनसम्म आइपुग्दा तेस्रो स्थानसहित ३२ सिटमा सीमित भएको छ । पार्टी लगातार कमजोर भए पनि अध्यक्ष प्रचण्ड आफै पनि रूपान्तरण गर्नुपर्ने अवस्थामा आईपुगेका छन् ।

    २०७८ पुसमा सम्पन्न ८ औँ महाधिवेशनले माओवादीलाई नम्बर १ पार्टी बनाउने उद्घोष गरे पनि व्यवहारमा लागू हुन सकेको भने छैन् । केन्द्रीय समिति बैठकबाट पार्टी गतिशील हुने नेताहरूले विश्वास राखेका छन् ।

    विस्तृत शान्ति प्रक्रिया हुँदै संसदीय राजनीतिमा आएको डेढ दशक भन्दा बढी समयका दौरान विभिन्न हन्डर ठक्कर खाएको माओवादी सच्चिने कि सकिने भन्ने विषयमा केन्द्रीय समितिले निर्धारण गर्ने पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा दीपशिखाले बताए ।

    माओवादी समग्र पार्टीको अवस्थाबारे कुरा गर्दै दीपशिखाले मूल नेतृत्वमा देखिएको समस्या हल नभएसम्म पार्टी गतिशील हुन नसक्ने जिकिर गरे । उनले माओवादी मात्र नभई सबै पार्टीभित्र मूल धमिलो भएकाले समस्या आएको उल्लेख गरे ।

    ‘माओवादीभित्र मूलमै समस्या छ । मूल नै धमिलो भएपछि अन्य सङ्गठन सङ्लो हुँदैन । माओवादी मात्र होइन सबै पार्टी चल्न सकेको छैन । केन्द्रीय कमिटी बैठकले समग्र पार्टीमा गति पैदा गर्छ र पार्टीले गति लिएपछि सम्पूर्ण जन वर्गीय सङ्गठन गतिशील हुन्छ भन्ने मेरो बुझाइ छ’, उनले भने ।

    पार्टीले नै राम्रोसँग काम गर्न नसकेपछि सम्पूर्ण जन वर्गीय सङ्गठन, विभाग स्वतः निष्क्रिय भएको उनको तर्क छ । पार्टीले जुन गतिका साथ काम गर्नुपर्नेमा त्यसो हुन नसक्दा अहिलेको अवस्था आएको दीपशिखाको टिप्पणी छ ।

    ‘सङ्गठनहरूले आ–आफ्नो तरिकाले चलाइरहेका छन् तर जुन गतिमा काम गर्नुपर्थ्यो त्यो हुन सकेको छैन । कतिपय जन वर्गीय सङ्गठनमा पार्टीभित्रको गुटबन्दीको प्रभाव परेको छ । कतिपयमा गुटबन्दीको प्रभाव परेको छैन । त्यसैले सबैलाई एउटै तराजुमा राखेर हेर्न मिल्दैन । मूल कुरा जुन दिन पार्टीले गति लिन्छ, त्यस दिन जन वर्गीय सङ्गठन पनि स्वतः सक्रिय हुन्छ । केन्द्रीय समिति बैठक पछि यी सबै कुरा ठिक हुन्छन् ।’ उनले भने ।

    पार्टीभित्र सक्रिय रहने जन वर्गीय सङ्गठन युवा, मजदुर, महिला, विद्यार्थी सङ्गठनले अपेक्षाकृत रूपमा काम गर्न नसकेको उनले स्वीकार गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend