logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • हाम्रो पार्टी पार्टीजस्तो भइरहेको छैन, पार्टी पुर्ननिर्माणमा लाग्नुपर्ने अवस्था छ : प्रचण्ड

    हाम्रो पार्टी पार्टीजस्तो भइरहेको छैन, पार्टी पुर्ननिर्माणमा लाग्नुपर्ने अवस्था छ : प्रचण्ड

    1.9K
    Shares
    हाम्रो पार्टी पार्टीजस्तो भइरहेको छैन, पार्टी पुर्ननिर्माणमा लाग्नुपर्ने अवस्था छ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी पार्टीजस्तो नभएको टिप्पणी गर्दै पार्टी पुनर्निर्माणको सुरुवात गर्नुपर्ने बताएका छन् ।

    बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको केन्द्रीय समिति बैठकमा उनले भने, ‘हाम्रो पार्टी पार्टी जस्तो भइरहेको छैन, पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी यो बैठकलाई बनाउनुपर्छ’ उनले भने ।

    आफ्नो नेतृत्वमा रहेको सरकारका कारण जनतामा आशा पलाएको दाबी गर्दै प्रचण्डले यो बेला संगठन विस्तार गर्नुपर्ने समेत बताए। ‘सरकारका कारण जनतामा आशा पलाएको छ । जनताको भरोसाको स्थितिलाई संगठनमा रूपान्तरण गर्ने र जनताको भरोसा बढाउनुपर्नेछ । आउने दिनमा एक्सन ओरियन्टेड भएर जानुपर्ने छ ।’ उनले भने ।

    अहिलेको गठबन्धनको सरकार सुशासनको क्षेत्रमा प्रतिबद्ध भएर लागिपरेको भन्दै प्रचण्डले यसलाई अझ ब्यापक बनाउनुपर्ने धारणा राखे ।

    पार्टीमा विभिन्न उतारचढाव भए पनि आफूहरु जनता र राष्ट्रको पक्षमा रहेको भन्दै प्रचण्डले कमी कमजोरीलाई भने इमान्दारीका साथ स्वीकारेर अघि बढ्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend