मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

भरुवा बन्दुकले गोली हानी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

भरुवा बन्दुकले गोली हानी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

काठमाडौँ । तनहुँमा भरुवा बन्दुकले गोली प्रहार गरी श्रीमतीको हत्या गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। ब्यास नगरपालिका ५ का ५६ वर्षीय श्रीप्रसाद आलेलाई मंगलबार राति भरुवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको हो।

बन्दुक प्रहार गरी ४७ वर्षीया श्रीमती गीताको हत्या गरेको आरोपमा आलेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

गोली प्रहारबाट गम्भीर घाइते गीतालाई प्रहरी जिल्ला अस्पताल दमौली पुर्‍याएको थियो। उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend