प्रकृति भाट,
काठमाडौँ । यतिबेला माओवादी केन्द्र नेपाली काँग्रेससहितको गठबन्धनको नेतृत्व गर्दै सत्ताको बागडोर सम्हालिरहेको छ । प्रचण्ड नेतृत्वको सरकार विगतमा ओली नेतृत्वको सरकारको पालामा भएका अनेकन भ्रष्टाचारका प्रकरणहरुको फाइल खोलेर चार्चामा छ त सँगसँगै अनेकन प्रकरणसँग जोडिएका माओवादी नेताहरुलाई उन्मुत्ति दिएर आलोचनको घेरा भित्र पनि छ । जसको ज्वलन्त उदाहरण सुनकाण्डसँग लगातार जोडिएर आउने नाम कृष्णबहादुर महरा र महरा पुत्र राहुल महरादेखि बर्षमान पुन र नन्दबहादुर पुनलाई छानविनको दायरामा ल्याउन नसक्नु हो ।
माओवादीले आफ्ना नेतालाई रेलमा अन्य दलका नेताहरुलाई आरोपको सुइको पाउने वित्तिकै जेलमा अझ भनौँ आफ्नालाई काखा र पराईलाई पाखा लगाउने नीतिले माओवादीको पछिल्ला कदमको विश्वसनियता माथि गम्भिर प्रश्न खडा भएको छ ।
जनार्दन शर्मा
देउवा नेतृत्वको सरकारमा अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा र नेपाल राष्ट बैंका गभर्नरबीचको तिक्तता यतिसम्म चुलियो कि पानी बारबार कै स्थिति बन्यो । कारण अमेरिकामा ठगी गरेको अभियोग लागेका पृथ्वीबहादुर शाहको कालो धन नेपाल भित्र्याउन खोज्दा राष्ट्र बैंक बाधक बनेपछि आक्रोशित बनेका शर्माले शाहलाई सघाउन राष्ट्र बैंकलाई पटक पटक दबाब दिएका थिए । पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शाहसहित उनको समूहमाथि नै अनुसन्धान गर्यो । तर, माओवादी केन्द्रका उप–महासचिव शर्माको भूमिकाबारे सीआईबीले न सामान्य अनुसन्धान गर्यो न त शाह र शर्माबीचको सम्बन्ध केलाउने प्रयास नै गर्यो ।
जनार्दन शर्मा शक्तिशमली अर्थमन्त्री त्यसमाथि प्रचण्डका विश्वास पात्र भएकै कारण सत्यतथ्य छानविनमा सिआईबिको खुट्टा लडखडाएको हात थरथरी कापेको कुरा राजनीतिक वृत्तमा चर्चा नचलेको भने होइन । शर्मालाई अनुसन्धानको दायराबाट पूरै बाहिर राखेर अदालतमा पुगेको मुद्दामा शाहसहित चार जना पुर्पक्षका लागि थुनामा गए । शाहको ठगी जालो केलाउँदा शर्माको सार्वजनिक भएको भूमिकाकै आधारमा पनि उनी अनुसन्धानको दायरामा तानिने पर्याप्त आधार देखिन्थ्यो । तर, उनी माथि सामान्य सोधपुछ गर्न न सीआईबीले हिम्मत गर्यो न प्रहरीले नै ।
जनार्दन शर्मा कै अर्को बहुचर्चित काण्ड सिसिटिभि फुटेज काण्ड घरानीया व्यापारीलाई पोस्ने उद्देश्यले आधारातमा चोर कै शैलीमा सिंहदरबार भित्र सुटुक्क विचौलिया छिराएर करका दरमा हेरफेर गर्न लगाउने पनि यीनै शर्मा हुन् । सिसिटिभि काण्डले ठूलो हचचल ल्याए पछि तल्कालीन अर्थमन्त्री शर्माको काला कर्तुत उदागं भएपछि जनताको आखाँमा छारो हाल्न राजिनामाको ढो रचे र लगत्तै बहुचर्चित एम अधिकारी काण्ड सँग सिसिटिभि फुटेज काण्ड सौदाबाजी गरेर अर्थमन्त्रीको मालदार कुर्सिमा पुनः विराजमान भए ।
कृष्णबहादुर महरा
शर्मामात्रै हैन, अहिले सुन भन्ने वित्तिकै महरा र महरा भन्ने वित्तिकै सुन पर्यावाचि जस्तो बनेको छ । माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका कृष्णबहादुर महरा मात्रै नभएर उप–महासचिव वर्षमान पुनसमेत अहिलेको चर्चित सुन काण्डका दौँतरी जस्ता बनेका छन् । सय किलो सुन तस्करीमा पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङसँग पुनको पारिवारिक सम्बन्ध भएको भन्दै आफुनो बचाउमा अभिव्यक्ति दिएरहेका छन् । सम्बन्धका जालो पारिवारिकमात्रै नभएर सुनको कारोबारमा गुन लाउने खालको हुन सक्ने विभिन्न तथ्य र प्रमाणहरु सार्वजनिक हुँदै गइरहेका छन् । रात्रि भोजन देखि भाइटिका हुँदै औँसी पूर्णीमा सम्मका तस्विरले पनि दालमे कुछ काला हे भन्ने कुरालाई स्पस्ट संकेत गर्छ ।
यता कृष्णबहादुर महरा र उनका छोरा राहुल सय किलो सुनमा मात्रै होइन इलेक्ट्रिक चुरोट ‘भेप’को आवरणमा तस्करी भएको ९ किलो सुनको घटनामा पनि जोडिएका थिए । महरा बाबु–छोराले सुन तस्करी गर्ने चिनिया नागरिकसँग निकै बाक्लो फोन सम्बन्ध राखेको सीआईबीको अनुसन्धानले नै देखाएको थियो । तर, उनीहरूलाई सीआईबीले सामान्य सोधपुछ समेत नगरी त्यतिकै उन्मुक्ति दियो । धन्न सीआईबीले अनुसन्धानको मिसिलमा भने सबै सम्पर्क जालो खुलायो जुन कारण महरा बाबु–छोराको पोल खोल्यो । अनुसन्धान विवरणमा सुन ल्याउने समूहमा महरा बाबु–छोराको नाम राख्नु तर उनीहरूलाई अनुसन्धानको सामान्य प्रक्रियामा समेत नजोड्ने घटनाक्रमले सीआईबीमाथि महरा बाबु–छोरामाथि अनुसन्धान नगर्न दबाब परेको प्रष्ट पार्छ । यदि उनीहरूको कुनै संलग्नता नभएको र सामान्य सम्पर्क मात्र देखिएको भए सीआईबीले सुन ल्याउने समूहका सदस्यहरूको सूचीमा किन महरा बाबु–छोराको नाम राख्यो ? नाम राखिसकेपछि सामान्य सोधपुछसमेत नगरी किन अनुसन्धानको दायराबाट पूरै बाहिर राख्यो होला र ?
यी सबै आधारहरुलाई गौण गर्ने हो भने भ्रष्टचारी, तस्करी जस्ता गैरकानुनी कार्यगर्न केबल माओवादीलाई छुट छ । माओवादी भनेको त्यो शक्ति हो जसले भ्रष्टाचारका अखडालाई पार्टी भित्र बलियो स्थान दिएर मलजलगर्ने गर्छ । र बाहिर भने भ्रष्टाचार र तस्कर भन्ने वित्तिकै सय केजि सुन देखि एक केजि नुनसम्म तस्करी गर्ने कसैलाई छुट छैन भन्दै सिंहको हुकार निकाल्दै गर्जिने गर्दछ ।