logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • सरकार आफैँले संसद बैठक चल्न दिएनः ओली

    सरकार आफैँले संसद बैठक चल्न दिएनः ओली

    1.6K
    Shares
    सरकार आफैँले संसद बैठक चल्न दिएनः ओली

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले संसद बैठक चल्न नदिएको आरोप लगाएका छन् ।

    पछिल्लो सुन तस्करी प्रकरणबारे सांसदहरुलाई बोल्न नदिन सरकारले सभामुखलाई दबाब दिएर संसद बैठक सूचना टाँस गरेर स्थगित गर्न बाध्य बनाएको ओलीको जिकिर थियो ।

    तुलसीलाल अमात्य स्मृति दिवसको अवसर पारेर बुधबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गृहमन्त्रीलाई मात्रै बोल्न दिने, नभए संसद बैठकलाई संचालन नगर्ने सरकारको हर्कतका कारण संसद बैठक सूचना टाँस गर्दै स्थगित भइरहेको दाबी गरे ।

    उनले गृहमन्त्रीलाई मात्रै बोल्न दिए हुने सहमती गरेर पनि केपी ओलीले सो सहमती बालुवाटारबाट बाहिरिएपछि लत्याएको भनेर प्रचार गरेको सुन्दा आफूलाई अचम्म लागेको समेत बताए ।

    अध्यक्ष ओलीले सरकार आफैँ संलग्न भएकाले सो सुन तस्करी प्रकरणमा आफूहरुले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नु परेको पनि पटक–पटक दोहोर्‍याए ।

    उनले भने, ‘हामी बाहेक अब अरुले देश चलाउनै सक्दैन । सकेन । १० टाउँके हुँदा पनि चलाउन सकेनन नि । त्यत्रो कोभिड हुँदा पनि हामीले देशलाई तहसनहस हुन दिएनौं । छानबिन समिति बनाउन किन मान्दैन सरकार । हामी छानबिन समिति बनाउँदैछौं, छानबिन गर्दै हुनुहुन्छ । तर उहाँहरु आफैँ मुछिनु भएको छ । त्यो सिगरेट के जातिमा ल्याएको साँढे नौं किलो सुन जफत गरेर राखिएको थियो । सुन्छु अहिले–त्यो गोदामबाटै हरायो रे । चोरी भयो । अलिक वर्ष अगाडि टर्ली बसेको कार्यालयबाट १३ टन तामाको तार चोरिएको थियो । कत्रो कोट लगाएको आएको थियो होला, त्यत्रो १३ टन तार खोजीमा हालेर चो¥यो होला । सरकार नलागि चोरियो होला त्यो । त्यो १३ टन तामाको तार चोरी भएको थियो । टर्ली बस त्यसैगरी सिद्धिएको थियो । अब भन्सार किन राख्या त्यहाँ भन्या । खाली जनतालाई दुःख दिन राख्या ? त्यसो भएर त्यो साँढे नौ किलो सुन सुन्दैछु –चोरी भयो रे । नक्कली बजारको इलेक्ट्रिक चुरोट त्यो ल्याएर त्यस ठाउँमा राखिएको छ । केही पनि भेटिँदैन । किनभने सक्कली चोरी भयो, नक्कली त्यहाँ राखिएको छ । अव प्रधानमन्त्रीजी भन्नु हुन्छ– म छानबिन गरिराखेको छु, गर्न दिनुस् न । हामीलाई छानबिन गर्न किन नदिने ? गर्नुस्न तपाईहरु छानबिन । तर तपाईहरुको छानबिन, तपाईहरुको सरकार सञ्चालन भरपर्दो भएन । तपाईहरुले भन्सार नियन्त्रण पनि गर्नसक्नु भएन, छेक्न पनि सक्नुभएन । त्यहाँ चोरीपैठारी हुँदा त्यत्रो सुन आउँदा तपाईहरुले देख्नुभएन । अनि तपाईहरुबाट के आशा गर्नु ? तपाईहरुलाई छानबिनबाट रोक्न खोजको होइन, गर्नुस् । अर्को निष्पक्ष त्यस्तो आयोग बनाऊ । जसले छानबिन गरोस् । उहाँहरु संसदमा आवाज उठछ भनेर अस्तीका दिन संसद चल्न दिनुभएन । किनभने सांसद बोल्छन भनेर । हामीले संसद चलाऊ भनेका छौं । सांसदहरु बोल्नु हुन्छ । आवाजहरु उठाउनु हुन्छ । जनताको भनाई भन्नुहुन्छ । सांसदले बोल्न पाउनुप¥यो । सरकार सांसदलाई बोल्न दिँदैन । सभामुखलाई दवाव दिन्छ कि तपाईँले सूचना टाँसेर संसद रोक्नुस् भनेर । हिजो हामीले बोल्न दिनुपर्छ उहाँहरुले बोल्न दिन चाहनु भएन । एक जना गृहमन्त्री मात्रै बोल्ने रे । जो भन्सार नियन्त्रण गर्न योग्य छैन । जो अनेक प्रकारका नचाँहिदा बकवास अरुमाथि लाञ्छित, आरोपित गरेर हिँडछ । उसले भाषण गर्ने रे । अनि, सांसदहरुले बोल्न नपाउने रे । सांसदले प्रश्न गर्न पाउनु परेन ? सांसदले बोल्न पाउनु परेन । सांसद बोल्छन भनेर सरकार संसद चल्न दिँदैन । अनि बालुवाटारमा भएको सहमति अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आउँदा केपी ओलीले छोडिदियो भन्ने हल्ला चलाउँछन् । गृहमन्त्रीले भाषणा गरेपछि चलाउन दिन्छु भनेको थियो । गृहमन्त्रीको भाषण, त्यो पवित्र भाषण, त्यो मन्त्र, उनको त्यो कुरा सुनौं, त्यति भएपछि सुनसुन जेसुकै होस् । सदन चलाउनुस्, गरिखानुस् भनेर आएको थिँए म ? यस्ता कुरा गर्ने ? गृहमन्त्रीलाई भाषण गर्न दिनुस् । भाषण गराईदिएपछि हामी चित्त बुझाउँछौं, सदन चलाउँछौं भनेर भनेको थियो केपी ओलीले भन्छन् । अचम्म लाग्छ ।’

    अध्यक्ष ओलीले साँढे नौ किलो सुन बरामद गरेर भन्सार गोदाममा राखिएपनि सो सुन चोरी भएको र नक्कली सुन त्यहाँ राखिएको आफूले सूचना पाएको समेत बताए । त्यस अवसरमा उनले वर्तमान सरकारले मुलुक चलाउनै नसक्ने बताएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend