logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • काठमाडौंको बौद्ध र थली आसपास गुण्डागर्दी गर्ने ५ जना पक्राउ

    काठमाडौंको बौद्ध र थली आसपास गुण्डागर्दी गर्ने ५ जना पक्राउ

    16.6K
    Shares
    काठमाडौंको बौद्ध र थली आसपास गुण्डागर्दी गर्ने ५ जना पक्राउ

    काठमाडौं । काठमाडौंको बौद्ध र थली एरियामा गुण्डागर्दी गरेको अभियोगमा प्रहरीले ५ जनालाई समातेको छ ।सिन्धुपाल्चोक घर भएका श्याम बहादुर लामा, भीम बहादुर बस्नेत, गोविन्द गजमेर, प्रविण तामाङ र रामेछाप घर भएका बिक्की लामा उर्फ बाफ्ले पक्राउ परेका छन् ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसीले समूहमा हिँड्ने र धाकधम्की दिएर उनीहरुले थली र बौद्ध क्षेत्रमा गैरकानुनी रुपमा रकम माग्ने गरेको बताए । गुण्डागर्दीमा संलग्नहरुले सर्वसाधारणसँग विवाद गरेर डरत्रास र भय सिर्जना गर्ने गरेका थिए ।

    समूहमा गएर उनीहरुले सर्वसाधारणलाई कुटपिट समेत गर्ने गरेको गुनासोका आधारमा हिजो (मंगलबार) अपराध अनुसन्धान कार्यालयले तीनीहरुलाई पक्राउ गरेको हो । आरोपीतहरुलाई थप अनुसन्धान र कारवाहीका लागि प्रहरी वृत्त बौद्धमा पठाइएको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend