logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • ‘ब्लु बस’ बारे शंकर पोख्रेलको टिप्पणी: रवि लामिछानेको भोटको सस्तो राजनीति

    ‘ब्लु बस’ बारे शंकर पोख्रेलको टिप्पणी: रवि लामिछानेको भोटको सस्तो राजनीति

    3K
    Shares
    ‘ब्लु बस’ बारे शंकर पोख्रेलको टिप्पणी: रवि लामिछानेको भोटको सस्तो राजनीति

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपा सभापति रवि लामिछानेले भोटको सस्तो राजनीति देखाएको टिप्पणी गरेका छन् ।

    महासचिव पोखरेलले नयाँ र वैकल्पिक शक्ति बनाउछौं भन्नेहरुले भोटको सस्तो राजनीति गर्न खोजेको देखिएको हुँदा यस्तो कुरामा गम्भीर बन्नुपर्ने सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गरेका हुन् ।

    रास्वपाका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको सय दिनको अवसरमा हिजो (बुधबार) चितवनमा महिलाका लागि निःशुल्क बस सेवा सुरु गरेकोबारे टिप्पणी गर्दै पोखरेलले समाज कता जाँदैछ भनी प्रश्न समेत गरेका छन् ।

    सामाजिक विभेद अन्त्य गर्न विगतमा महत्वपूर्ण भूमिका खेलेको चितवनमा यस कदमले सकारात्मक सन्देश नजाने उनले भनेका छन् ।

    ‘नयाँ र वैकल्पिक शक्ति बनाउछौं भन्नेहरूले गर्न खोजेको काममा रूपान्तरणकारी सोच र योजना देखिनु पर्दछ । हरेक कामबाट भविष्यको सुन्दर दृश्य देखिनु पर्दछ । तर स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो ।’ उनले लेखेका छन् ।

    ब्लु बस निःशुल्क सञ्चालनबारे सामाजिक सञ्जालमा सर्वसाधारणले समेत निःशुल्क बस सञ्चालनको स्रोत के हो भनेर प्रश्न उठाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend