logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • आज बोलाइएको राष्ट्रिय सभा बैठक पनि एमालेले अवरुद्ध गर्ने

    आज बोलाइएको राष्ट्रिय सभा बैठक पनि एमालेले अवरुद्ध गर्ने

    1.9K
    Shares
    आज बोलाइएको राष्ट्रिय सभा बैठक पनि एमालेले अवरुद्ध गर्ने

    काठमाडौं। संघीय संसदअन्तर्गतको राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने आजको राष्ट्रिय सभा बैठक पनि अवरुद्ध गर्ने भएको छ । गत साउन २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएर बाहिरिएको १ सय किलो सुन तस्करी प्रकरणमा सत्यतथ्य छानविनको माग गर्दै एमालेले लगातार संसद अवरोध गर्दै आएको छ ।

    उक्त सुन बरामद प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता रहेको आरोप लगाउँदै एमालेले उच्चस्तरीय छानविन समिति बनाउन माग गरेर सदन अवरोध गरिरहेको छ ।

    एमालेको अवरोधकै कारण प्रतिनिधिसभाको बैठक २२ गतेसम्म स्थगन भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend