logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • हिम्मत छ भने सरकारले सुन प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति गठन गरोस: पृथ्वीसुब्बा गुरुङ

    हिम्मत छ भने सरकारले सुन प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति गठन गरोस: पृथ्वीसुब्बा गुरुङ

    2.5K
    Shares
    हिम्मत छ भने सरकारले सुन प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति गठन गरोस: पृथ्वीसुब्बा गुरुङ

    काठमाडौँ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले विभिन्न प्रकरणमा मुछिएका उच्चस्तरीय नेताहरुसम्म अनुसन्धानको सुई सोझाउनलाई उच्चस्तरीय संसदीय छानविन समिति बनाउनु पर्ने बताएका छन् । यहीं माग राखेर नै एमाले पटक–पटक हामीले संसद अवरुद्ध गरेको हौँ, उनले भने ।
    आज (विहीबार) सुनौलो नेपालको ‘सुनौलो संवाद’ कार्यक्रममा प्रस्तोता दिवश भण्डारी (बुलन्द) सँग कुराकानी गर्दै उनले भने, ‘कर्मचारी लेबलको, प्रहरी लेबलको छानविन समिति केपी ओली तिर, प्रचण्डतिर, माधव नेपालतिर जान सक्छ ? त्यसैले हामीले उच्चस्तरीय संसदिय छानविन समितिको माग गरेका हौँ ।’

    नैतिकता भएको भए गृहमन्त्री र अर्थमन्त्रीले सयकिलो सुन संखमुलबाट बरामद भएकैदिन राजिनामा दिनुपर्ने हो भन्दै उनले भने, ‘यदि गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता नभएको भए सुन भन्सार पास हुन्थ्यो ? कुनै पनि हालतमा हुदैनथ्यो, भित्र–भित्रै सेटिङ्ग गर्छन सुन भन्सार पास गर्छन् अनि सूचना चुहिएपछि नाटकीय ढंगमा पक्राउ गर्छन् ।

    उहाँहरुले जति नै छल्न खोजे पनि, जति नै तर्कन खोजेपनि यसबाट उम्कन सजिलो छैन, किनकी सूई त उहाँहरुतिरै फर्किरहेको छ । नत्र हिम्मत गरोस् न त १ हामीले भन्यौँ जलहरी प्रकरणमा छानविन गरोस् भनेर छानविन भयो, केही भएको रहेनछ त । यसैगरी सुन प्रकरणमा छानविन गर्नको लागि उच्चस्तरीय संसदीय छानविन समिति बनाओस् त, डर छैन भने ।’

    ‘उपराष्टपतिको छोरा तर्फ तेर्सिएकै छ, उपमहासचिव तिर तेर्सिएकै छ, अर्को अध्यक्ष उपाध्यक्ष तर्फ तेर्सिएकै छ, को तर्फ तेर्सिएको छैन रु त्यो प्रकरणमा अहिले सम्म एमालेको कोही पर्‍या छ ?’ उनले प्रश्न गरे ।
    बाकीँ कुराकानी हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend