आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

माओवादी केन्द्रीय समिति बैठकको आज तेस्रो दिन, सदस्यहरुले धारणा राख्ने क्रम जारी

माओवादी केन्द्रीय समिति बैठकको आज तेस्रो दिन, सदस्यहरुले धारणा राख्ने क्रम जारी

????? ?????????? ?????? (??????? ???????) ????????? ??????? ??????? ???? ???? ????? ?????? ?????? ??????? ???????? ????? ??????? ?????? ?????? ????????? ????/????

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक सुरू भएको छ । काठमाडौंको प्रज्ञाभवन कमलादीमा बैठक सुरु भएको हो ।

बुधबारदेखि जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीति र संगठनात्मक प्रतिवेदनमाथि अहिलेसम्म ७४ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिसकेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

बैठकमा नेतृत्वको कार्यशैली, नीति, विधान सम्मेलन, कार्यदिशा, कार्यक्रम र समसामयिक राजनीति अवस्थाबारे केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखिरहेका छन् । अधिकांश सदस्यहरूले पार्टी बनाउनका लागि पहिला नेतृत्व सच्चिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

५ दिनसम्म चल्ने बैठक प्रत्येक दिन बिहान ११ बजेदेखि ६ बजेसम्म बस्नेछ । केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार आजको बैठकमा बोल्नका लागि १०० जना बढीले नाम टिपाएका छन् ।

बोल्न चाहने सदस्यहरू सबैलाई बोल्न समय दिइने उनले बताए । केन्द्रीय सदस्यहरूले बोल्नेक्रम सकिएपछि अध्यक्ष प्रचण्डले उठेका प्रश्नको जवाफ दिने बताइएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend