logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • विश्वप्रकाश शर्माको आरोप: सुन काण्डलाई लिएर एमालेले सदनमा बल प्रयोग गर्न खोज्यो

    विश्वप्रकाश शर्माको आरोप: सुन काण्डलाई लिएर एमालेले सदनमा बल प्रयोग गर्न खोज्यो

    1.8K
    Shares
    विश्वप्रकाश शर्माको आरोप: सुन काण्डलाई लिएर एमालेले सदनमा बल प्रयोग गर्न खोज्यो

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुन प्रकरणको विषयलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले सदनमा बल प्रयोग गर्न खोजेको आरोप लगाएका छन् ।

    शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री शर्माले सदन अवरुद्ध गर्दैमा समस्याको समाधान नहुने तर्क गरे ।

    उनले सदनमा सहज रुपमा आवाज उठाउन पाउने वातावरण बनाउनुपर्नेमा समेत जोड दिए ।

    एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गरेर सदन अवरोध गर्दै आएको छ। उक्त विषयलाई इंगित गर्दै शर्माले सदन अवरोध गरेर समस्याको समाधान नहुने बताउँदै सशक्त आवाज उठाउनका निम्ति पनि सदन सुचारु हुनुपर्ने धारणा राखेका हुन् ।

    उनले सुन प्रकरणमा गहिराइमा पुगेर छानबिन गर्नुपर्ने माग सहि भएपनि माग राख्ने थलोलाई सहि ढंगले प्रयोग गर्न नसकिएको जिकिर गरे। ‘सुन प्रकरणमा गहिराइमा पुगेर छानबिन हुनुपर्छ। तर माग राख्ने थलो संसद अवरोध गरेर समस्याको समाधान हुँदैन।’ शर्माले भने ।

    सुन प्रकरणमा मन्त्री र प्रधानमन्त्रीको जवाफ सुन्ने अधिकार सम्पूर्ण सांसदहरुले राख्ने भएकाले सदनमा उक्त अधिकार रक्षा गर्ने सन्दर्भमा राज्य व्यवस्था समितिले बोल्नुपर्ने धारणा उनको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend