logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • ललितपुरको ठेचोमा एक महिला ओछ्यानबाटै बेपत्ता

    ललितपुरको ठेचोमा एक महिला ओछ्यानबाटै बेपत्ता

    21.1K
    Shares
    ललितपुरको ठेचोमा एक महिला ओछ्यानबाटै बेपत्ता

    काठमाडौँ । ललितपुरको ठेचोबाट एक महिला मध्यरातमा ओछ्यानबाटै बेपत्ता भएकी छन् । कोठाबाट गाँउ फर्कने तयारी गरिरहेको अवस्थामा गत सोमबार राति ओछ्यानबाट बेपत्ता भएको उनका श्रीमान् प्रेमबहादुर मगरले बताए ।

    उनले भने,‘कपडा र १३ हजार पैसा बेकेर उनी म उठ्नु अघिनै उनि हिँडिछन् ।’

    महानगरीय प्रहरी बृत्त चापागाउँका अनुसार सर्लाही श्रीकालिञ्जोर घर भई गोदावरी-१२ ठेचोमा कोठा लिएर बस्ने तारा भन्ने सुमित्रा वाइवा गत सोमबारबाट बेपत्ता भएकी हुन् । श्रीमान प्रेमबहादुर मगर, दाजु सोमबहादुर मगर र बेपत्ता ताराकी दिदी निर्मला तामाङले खोजीका लागि निवेदन दिएका छन् ।

    करिब ३ महिना अघिदेखि ठेचोमा बस्दै आएका उनीहरुबीच सामान्य झगडा भएको थियो । उनका पति मगरले विभिन्न ठाँउमा खोजी गरे पनि फेला पर्न नसकेको बताए ।

    उनकी दिदी आयुषी तामाङ श्रीमान् प्रेमबहादुरसँग झगडा परिरहने गरेको बताउँछिन् ।

    आफूहरु कोठा छोडेर गाउँ फर्कन तयारी गरिरहेको समयमा तारा बेपत्ता भएको श्रीमानको भनाई छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend