आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

चौंथो दिन माओवादीको केन्द्रीय समिति बैठकः आज पनि सदस्यहरुले बोल्ने क्रममा जारी रहने

चौंथो दिन माओवादीको केन्द्रीय समिति बैठकः आज पनि सदस्यहरुले बोल्ने क्रममा जारी रहने

????? ?????????? ?????? (??????? ???????) ????????? ??????? ??????? ???? ???? ????? ?????? ?????? ??????? ???????? ????? ??????? ?????? ?????? ????????? ????/????

काठमाडौं । माओवादी केन्द्रको चौथो दिन केन्द्रीय समिति बैठक सुरु भएको छ ।

बुधबारदेखि प्रज्ञा भवन कमलादीमा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीति र संगठनात्मक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्नो विचार राख्ने क्रम जारी छ ।

केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले आजको बैठकमा पनि करिब दुई सयको हाराहारीमा नाम टिपाइएकाले सदस्यहरूले बोल्ने क्रम भोलि नरोकिने जानकारी दिए ।

‘दुई सय जनाले बोलिसकेपछि विचार दोहोरिन्छ भन्ने हो तर बोल्न चाहेका सबैलाई समय उपलब्ध गराइन्छ, यदि बोल्ने क्रम आज रोकिए आइतबार अध्यक्षज्यूले सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिनुहुन्छ ।’ उनले भने ।

हिजो (शुक्रबार) सम्म एक सय ४१ जना सदस्यहरूले आफ्ना भनाई पार्टी बैठकमा राखिसकेका छन् । बैठकमा ७५८ जनाको सहभागिता रहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend