logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • गोकुल बास्कोटा इन्चार्ज भएर सिन्धुपाल्चोक छिरेपछि नेकपा एसलाई गराए एमालेमा बिलय

    गोकुल बास्कोटा इन्चार्ज भएर सिन्धुपाल्चोक छिरेपछि नेकपा एसलाई गराए एमालेमा बिलय

    44.3K
    Shares
    गोकुल बास्कोटा इन्चार्ज भएर सिन्धुपाल्चोक छिरेपछि नेकपा एसलाई गराए एमालेमा बिलय

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सुवास कर्माचार्य एक सयभन्दा बढी जिल्ला तथा पालिकास्तरीय नेता कार्यकर्तासहित एमालेमा फर्किएका छन् ।

    शनिवार चौतारामा आयोजित भेलामा कर्माचार्यलाई एमाले महासचिव शंकर पोखरेल, सल्लाहकार परिषद् सभापति अमृत बोहरा, अनुशासन आयोगका अध्यक्ष केशव बडाल, बागमती प्रदेश इन्चार्ज गुरु बराल, जिल्ला इन्चार्ज गोकुल बास्कोटा, नेता शेरबहादुर तामाङलगायतले पार्टीमा स्वगत गरे ।

    सोही कार्यक्रममा नेकपा एसका केन्द्रीय परिषद् सदस्य उपेन्द्र तामाङ, प्रदेश कमिटी सदस्यहरू शिवराम भट्टराई, ईश्वरी श्रेष्ठ, धननाथ पराजुली, जिल्ला उपाध्यक्ष छिरिङ ग्याल्वो लामा, सचिव दीपक नेपाल, उपसचिव रविकुमार भण्डारीसहित एमालेमा प्रवेश गरेका हुन् ।

    माधव नेपालले पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसकेकाले आफू एमालेमै फर्किएको कर्माचार्यले बताए ।

    ओलीले पार्टी पुनः एकताका लागि प्रचण्डलाई प्रधानमन्त्री र माधव नेपाललाई राष्ट्रपति अफर गर्दा पनि उनीहरू कांग्रेससँग लागेकाले कम्युनिस्ट आन्दोलन जोगाउन एमाले बलियो बनाउनुपर्ने निष्कर्षसहित ठूलो पंक्ति एमाले फर्किन लागेको उनले दाबी गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend