एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक ‘ए’ इन्साफका अध्यक्ष इमरान खानलाई ट्रयाल कोर्टले अवैधानिक रुपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजायको फैसला गरेको छ ।
अदालतको फैसला लगत्तै खानलाई लाहोरस्थित उनकै घरबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै इस्लामावादको जिल्ला तथा सेसन अदालतले तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवानाको निर्णय गरेको हो ।
इमरानको पार्टी तेहरिक‘ए’ इन्साफले उक्त फैसलालाई पूर्वाग्रहपूर्ण भएको उल्लेख गर्दै निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताएको छ ।