logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • युएईमा नेपाली युवकले गरे नेपाली युवतीकै हत्या,आजीवन कारावास

    युएईमा नेपाली युवकले गरे नेपाली युवतीकै हत्या,आजीवन कारावास

    32.5K
    Shares
    युएईमा नेपाली युवकले गरे नेपाली युवतीकै हत्या,आजीवन कारावास

    काठमाडौँ । आफ्नै गाउँले युवतीको हत्या गरेको अभियोग लागेका भोताङ–८, सिन्धुपाल्चोकका ३१ वर्षीय बुले तामाङलाई संयुक्त अरब ईमिरेट्स (युएई) को प्रारम्भिक अदालतले आइतबार आजीवान कारावासको फैसला सुनाएको छ ।

    गत २० मेमा दुवईस्थित ईमिरेट्स हिलको भिल्लामा उनले भोताङ–८ की २५ वर्षीया लप्साङ तामाङको हत्या गरेको भन्दै अदालतले यस्तो सजाय सुनाएको हो । तामाङलाई दुवईको अल अवीर केन्द्रीय कारागारमा राखिएको छ । अदालतले उनलाई १५ दिनभित्र पुरावेदन गर्नको लागि मौका दिएको छ ।

    उनलाई सजाय भुक्तान गरेपछि युएईबाट निष्कासन गर्नसमेत आदेश दिइएको भएपनि काराबास सजाय कति वर्षमा पूरा हुन्छ भन्ने खुलाइएको छैन । बुलेले भने लप्साङलाई मार्ने उद्देश्य आफ्नो नभएको बयान अदालतसमक्ष दिएका थिए ।

    छुट्टीको दिनमा लप्साङ बुले कार्यरत स्पोन्सर (साहु) को घरमा दिउसो पुगेको र त्यही उनीहरुबीच विवाद हुँदा बुलेले लप्साङलाई धेकेली दिदाँ शौचालयको भित्तामा ठोकिएर मुत्यु भएको युएई प्रहरीले दावी गरेको छ ।

    पाकिस्तानी सफाई कामदारले घटनाको भोलिपल्ट बिहान युवतीको शब फोहोर राख्ने ठाउँमा फेला पारेका थिए । अबुधाबीस्थित नेपाली दूतावासका प्रवक्ता कृष्ण अर्यालले वुले तामाङसँग छिट्टै जेलमा गएर भेट्ने तयारी गरेको बताए ।

    लप्साङ चार वर्षदेखि दुबईमा थिइन् । गत फेब्रुअरीदेखि उनी के पप चिकेन कम्पनीमा सेल्स गर्लका रुपमा काम गर्न गएकी थिइन् । उनी त्यस कम्पनीका सञ्चालक कोरियन नागरिक लुको घरमा कार्यरत थिइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend