सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

केन्द्रीय सदस्यलाई प्रचण्डले भने– ‘लिखित टिपाउनुस्, हल बुकिङ आजसम्म मात्रै छ’

केन्द्रीय सदस्यलाई प्रचण्डले भने– ‘लिखित टिपाउनुस्, हल बुकिङ आजसम्म मात्रै छ’

काठमाडौं । बुधवारदेखि जारी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज समापन हुँदैछ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई सक्दो चाँडो बैठक सक्न अनुरोध गरेका हुन् ।

‘एकेडेमीको हल आजसम्म मात्रै बुकिङ छ । भोलि अर्कैको कार्यक्रम छ । यति संख्या अट्ने अर्को हल खोज्दा पाइएन ।’ केन्द्रीय सदस्यहरुलाई प्रचण्डले भने ।

१५० सदस्य अझैँ बोल्न बाँकी रहेको भन्दै तीनले पनि अवसर पाउनुपर्ने भनेका थिए ।

माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार प्रचण्डले लगभग कुराहरु आइसकेको, अब दोहोरिने क्रममा रहेको बताउँदै बाँकीले आफ्नो नाम खातामा टिपाउन र सुझाव राख्ने बताइएको छ ।

‘संसद बैठक पनि हाम्रै मिटिङका कारण सारिएको छ, त्यसो त गर्न भएन नि, जे कुरा छ, अब लिखितमै दिने हो, त्यहीँबाट सम्बोधन हुन्छ । बैठक आज जसरी पनि सकौं ।’ प्रचण्डलाई उद्धृत गर्दै ती नेताले भने ।

केन्द्रीय सदस्यहरुले प्रचण्डको प्रस्तावमा सहमति जनाएको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी केन्द्र पदाधिकारीको बैठक सकिने बित्तिकै केन्द्रीय समिति बैठक कमलादीमा सुरु हुनेछ । आज प्रचण्डले उठेका प्रश्नहरुको जवाफ दिनेछन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend