एजेन्सी । अमेरिकी संघीय सरकारको प्रमुख गुप्तचर संस्था केन्द्रीय गुप्तचर एजेन्सी (सीआईए) ले ‘शान्तिपूर्ण विकास’ र ‘रङ क्रान्ति’ को नाममा ‘ह्याकरहरूको साम्राज्य’ बनाएको बताएको छ ।
चीनको समाचार सेवा प्रदायक संस्था सिन्ह्वाले पठाएको समाचारमा अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सी (सीआईए) ले नै हालै एउटा अनुसन्धान प्रतिवेदन जारी गर्दै सिआइएले विश्वभरि ‘ह्याकरहरूको साम्राज्य’ नै खडा गरेको बताएको छ ।
यसलाई चीनको नेशनल कम्प्युटर भाइरस आपतकालीन प्रतिक्रिया केन्द्र र इन्टरनेट सुरक्षा कम्पनी ३६० ले पनि पुष्टि गरेको सिन्ह्वाको समाचारमा छ ।
इस्लामाबादस्थित एशियन इन्स्टिच्युट अफ इको–सभ्यता अनुसन्धान र विकास केन्द्रका प्रमुख कार्यकारी शकील अहमद रामेले अमेरिका आफैंले विश्वभरी फैलिएको सबैभन्दा ठूलो निगरानी प्रणाली संचालन गरिरहेको बताए ।