logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुन प्रकरणलाई लिएर राष्ट्रियसभा बैठकमा आज पनि एमालेको अवरोध कायमै

    सुन प्रकरणलाई लिएर राष्ट्रियसभा बैठकमा आज पनि एमालेको अवरोध कायमै

    2.2K
    Shares
    सुन प्रकरणलाई लिएर राष्ट्रियसभा बैठकमा आज पनि एमालेको अवरोध कायमै

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि राष्ट्रिय सभाको बैठक अवरुद्ध पारेको छ। सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आज पनि एमालेले राष्ट्रियसभा बैठक अवरुद्ध पारेको हो ।

    राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले विरोधको कार्यक्रम परिवर्तन गरी बैठक सञ्चालन गर्ने वातावरण बनाउन पटक–पटक आग्रह गर्दा समेत एमाले सांसदले उठेर विरोध जनाइरहेका छन् ।

    आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विद्येयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

    विधायन व्यवस्थापन समितिको सभापति जयन्ती देवी राईले संविधान अनुसार ‘बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८०’ पेस गर्ने कार्यसूची समेत रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend