logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा स्वास्थ्य प्रमुखसहित २ जना पक्राउ

    महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा स्वास्थ्य प्रमुखसहित २ जना पक्राउ

    1.7K
    Shares
    महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा स्वास्थ्य प्रमुखसहित २ जना पक्राउ

    कपिलवस्तु । कपिलवस्तुमा महिला कर्मचारीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा स्वास्थ्य प्रमुखसहित २ जना पक्राउ परेका छन् । जिल्लाको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाका प्रमुख लेखनाथ पौडेल र शिवराज नगरपालिका– ३ बस्ने भुवन पाण्डे पक्राउ परेका हुन् ।

    वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखरजंग मल्लले दुवै जनालाई महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिए ।

    १२ साउनमा राति डिउटीमा रहेकी महिला कर्मचारीमाथि मदिरा सेवन गरी बलात्कारको प्रयास गरेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएकी थिइन् । उक्त उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरी निरीक्षक मल्लले पक्राउ परेका आरोपितहरुलाई आजै म्याद थप गरी कानुनी प्रक्रिया अघि बढाइने बताए । अस्पतालका प्रमुख पौडेललाई पक्राउ परेसँगै जिम्मेवारीबाट हटाइएको अस्पताल प्रशासनले बताएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend